अब बिश्वकप फुटबलमा ४० टोली भिड्ने

world-cupजुरिच, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले विश्वकपमा ४० टोलीलाई सहभागी गराउनेबारे छलफल गर्ने भएको छ । अहिलेसम्म छनोट चरण पार गर्दै ३२ टोलीले फिफा विश्वकपमा प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।फिफाले आफ्नो २ सय ९ सदस्य राष्ट्रहरूको अनुमतिविना नै कार्यकारी समितिबाट छलफल गरी ४० टोली पुर्‍याउने तयारी गरेको छ ।

कार्यसमितिले निर्णय गरेको अवस्थामा सन् २०२६ को विश्वकपमा ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् । फिफाको सुधारबारे बिहीबारबाट जुरिचमा सुरु भएको बैठकमा विश्वकपमा सहभागी टोलीको संख्या बढाइनेबारे पनि छलफल हुनेछ । यसअघि सन् १९९८ मा पहिलोपटक सहभागी टोलीको संख्या बढाइएको थियो । त्यसबेला २४ टोलीबाट बढाएर ३२ टोली पुर्‍याइएको थियो ।नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु