किर्ते काम गर्न खोज्ने वैदेशिक रोजगारका सात कर्मचारी निलम्बित

फागुन २१ ।काठमाडौ, नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन खोजेको आरोपमा वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरिएको छ । कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्‍याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मंगलवार उनीहरुलाई निलम्बन गरेको हो ।काठमाडौं कार्यालयले छानवीनको लागि एक समिती गठन गर्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ । शाखा अधिकृत द्धय सिद्धराज चटौत, मित्र लुईटेल, नासुहरु कमल मरासिनी, कवि न्यौपाने, पदमबहादुर शाही, सुदर्शन खनाल र कम्प्युटर अपरेटर द्धय अमर महरा र उषा महर्जन निलम्बनमा परेका हुन ।
काठमाडौं शाखाका प्रमुख मधुविलास पंडितले कर्मचारीहरु निलम्बनमा परेको जनाउँदै विभागका शाखा अधिकृत देबेन्द्रबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको जानकारी दिनु भयो ।समितिले प्रारम्भिक प्रतिवेदन दिएपछि त्यसैको आधारमा अघि बढ्ने उहाले बताउनु भयो ।
पंडितका अनुसार व्यक्तिगत रुपमा कोरियाको पानी जहाज कम्पनीमा काम गर्न ४५ कामदारले श्रम स्वीकृत लिएका छन्, जसमध्ये ३७ कामदार कोरिया उड्न लाग्दा हवाई टीकट रद्ध भए पछि फर्केर विभागमा उजुरी गरेका थिए ।

सम्बन्धित शिर्षकहरु