लमजुङमा एकै परिवारका ४ जनाको हत्या

असोज १५ । लमजुङ,अज्ञात समुहले लमजुङको भोटेओडार गाविसमा एकै परिवारका ४ जनाको हत्या गरेको छ ।

भोटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित दुई छोरी र एक नातीको शव गएराति घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिना रेग्मी घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो । हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न सकेको छैन । घरमा सुतिरहेको अवस्थामा हत्या गरिएको बताइएको छ ।

केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गत् कास्कीको पोखरा ईकाइबाट खटिएको टोली भोटेओडार पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

दसैंको रमझममा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ ।

सम्बन्धित शिर्षकहरु