कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९७ हजार थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए ।

भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख ५७ हजार ३७९ पुगेको छ ।

हाल ९ लाख ५७ हजार ७८७ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ८१ हजार ४५५ जनालाई निको भएको छ । एकै दिन निको हुनेको यो सबैभन्दा बढी हो ।

सम्बन्धित शिर्षकहरु