“सिर्जना र समाज” कार्यक्रम प्रसारण हुने

असनेपाल न्यूजले अब हरेक महीनाको पहिलो र तेश्रो आइतवार नियमित रूपमा “सिर्जना र समाज” कार्यक्रम प्रस्तुत गर्ने भएको छ । साहित्य, सँगीत, सँस्कृति र समाजका विविध रोचक, ज्ञानवर्धक र मनोरन्जनात्मक सामाग्री पस्किइने सो कार्यक्रम आचार्य राजन शर्माज्यूको सँयोजनमा प्रविण टण्डन र महेश्वर शर्माले प्रस्तुत गर्नुहुनेछ । कार्यक्रम असनेपाल न्यूजको वेवसाइट, फेसबुक पेज र युट्युब च्यानल मार्फत् सिड्नी, अष्ट्रेलिया समय साँझ ८:०० बजे प्रसारण गरिने भएको हो ।

सम्बन्धित शिर्षकहरु