पाकिस्तानले विवादित जम्मू–कश्मीर दावी गर्दै नयाँ नक्सा जारी गर्‍यो

काठमाण्डौ । विवादित रहदै आएको जम्मू-कश्मीर, लद्दाख, जूनागढ क्षेत्रलाई समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको बारे सार्वजनिक गरेका छन ।

मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेका छन ।

नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गरेका छन ।

गएको वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो नक्सा बैधानिक नरहेको बताएका छन ।

त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ ।

अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ ।

सम्बन्धित शिर्षकहरु