लेबनानको राजधानीमा बम विष्फोट हुँदा ७० को मृत्यु, झण्डै ४ हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतमा बम विष्फोट हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन ।

बिस्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट हुँदा यस्तो घटना घटेको लेबनानका स्वास्थ्यमन्त्रीले जनाएका छन ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

घटना पछि लेबनान सरकारले बुधबार राष्ट्रिय शोक मनाउने घोषणा गरेका छ ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।

सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको यस गोदाममा २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।

राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।’

सामाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

विष्फोट कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु