मनलाई कसरी शान्त, धैर्य तुल्याउने ? हनुमान चालिसामा लुकेको रहस्य (भिडियो सहित )

काठमाडौं । विश्वमा अहिले कोरोना भाइरस (कोविड–१९)को त्रासदी व्याप्त छ । सर्वत्र आजकल कोरोना महामारीको चर्चा छ ।

तथापि अरु समस्या, विपद् वा महामारीको जस्तै प्रभावको पहिले महसुस हुने, असर निरन्तर र निर्णायक रुपमा पर्ने भनेको हामी मान्छेको मनमा नै हो ।

मनमनमा तनाव, अनिश्चय, छटपटी, बेचैनी, डर, त्रास, भय र अशान्तिको राज फैलिएको छ । यो स्थिति सामना गर्न हाम्रो मन पनि सन्तुलित, स्थिर, शान्त र स्वस्थ राख्‍न आवश्यक हुन्छ ।

कोरोना, लकडाउन, आर्थिक मन्दी, बेरोजगारी आदिले मान्छेमा चरम निरासा, शंका, भय, अनिश्चितता, क्रोध जस्ता मानसिक समस्या उत्पन्न गरिदिएको छ । चिकित्सा विज्ञान भन्छ, भय र क्रोधले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रभावित बनाउँछ ।

प्रतिरक्षा प्रणालीलाई सन्तुलित बिग्रिएमा अनेकन रोगले च्याप्न सक्छ । अर्थात मानसिक विचलनले शारीरिक स्वास्थ्यमा सोझो हानी पु-याउँछ । अतः यसका लागि मनलाई कसरी शान्त, धैर्य तुल्याउने ? कसरी मनोबल उच्च राख्ने ? सोच्नुपर्नेछ ।

त्यसो त कतिपय धार्मिक विधी विधान, मन्त्र आदि हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको छ । त्यस्ता विधी विधान, मन्त्रोच्चारणले हामीलाई आत्मिक शान्ति दिलाउँछ । भय, क्रोध, आशंका जस्ता विकार हटाउँछ । यस्तै एउटा विधी हो, हनुमान चालिसा ।

आध्यात्मिक बल

भनिन्छ, आध्यात्मिक बलले नै आत्मिक बल प्राप्त हुन्छ र आत्मिक बलले नै शारीरिक बल प्राप्त गर्छ । यसरी वाह्य तथा भित्री रोगसँग लड्नका लागि शरीरलाई सक्षम तुल्याउँछ ।

प्रतिदिन हनुमा चालिसा पाठ गर्दा मन र मस्तिष्कमा आध्यात्मिक बल प्राप्त हुन्छ । पौराणिक पात्र हनुमान आफैमा बल एवं शक्तिको प्रतिक हुन् । हनुमान चालिसा पाठ गरिरहँदा बल एवं शक्ति प्राप्त भएको अनुभूत गर्छौं ।

मनोबल बढाउँछ

नित्य हनुमान चालिसा पढ्दा पवित्रताको भावना विकास हुन्छ र हाम्रो मनोबल उच्च हुन्छ । मनोवल उच्च रह्यो भने सानोतिनो संकटले विचलित बनाउँदैन । हनुमान चालिसाको एक पक्ति छ, अष्ट सिद्धि नव निधि के दाता, असवर दिन जानकी माता ।

अकारण तनाव वा भय हटाउँछ

हनुमान चालिसामा एउटा पंक्तिमा लेखिएको छ, नासै रोग हरे सब पीरा, जपत निरन्तर हनुमत बीरा । बल बुधि विद्या देहु मोहिं, हरहू कलेस बिकार । अर्थात कुनैपनि प्रकारका रोग होस् बस तपाईं श्रद्धापूर्वक हनुमानजीको जप गर्नुहोस् । श्रद्धा वा विश्वासमा पनि ताकत हुन्छ । जब हामी सकारात्मक मनले कुनै कामना गर्छौं, हामीमा एक किसिमको शक्ति मिल्छ ।

नकारात्मक प्रभावबाट मुक्ति

हनुमान चालिसा पाठ गरिरहँदा तपाईंमा श्रद्धाभाव पैदा हुन्छ । मनमा सकारात्मक उर्जा जाग्छ । भय र बेचैनी हट्छ । यसले तपाईंको मनलाई स्थिर र शान्त बनाउँछ । सकारात्मक भावनाको विकास गराउँछ । सकारात्मक उर्जाले नै व्यक्तिलाई दीर्घजीवी बनाउँछ ।

नित्य हनुमान चालिसा पढ्दा हामीमा आध्यात्मिक बल, आत्मिक बल एवं मनोबल बढ्छ । यसले पवित्रताको भावना महसुष हुन्छ । शरीरमा हल्कापन महसुष हुन्छ । भय, तनाव, असुरक्षाको भाव हट्छ ।

सम्बन्धित शिर्षकहरु