राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत घुस सहित पक्राउ

रुपन्देही । घुस लिएको अभियोगमा राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान कार्यालयका प्रमुख रानालाई दुई लाख घुससहित बुटवल १३ बुद्ध चोकबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

सुर्ती व्यापारी अनिलकुमार झाबाट घुस लिँदै गर्दा प्रमुख राना र घुस दिने झालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए ।

कार्यालय प्रमुख रानाले व्यापारीसँग मासिक रुपमा रकम असुल्दै आएको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेकाे थियो ।

अख्तियारकाे बुटवल कार्यालयका अनुसार घुस लिने राना र घुस दिने झामाथि थप अनुसन्धान अगाडी बढाइएको छ ।

सम्बन्धित शिर्षकहरु