अस्ट्रेलियाको भिक्टोरियामा संक्रमण बढेपछि लकडाउनको नयाँ नियम लागू

अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ । साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अस्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो ।

नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट सुरु हुनेछ। यसअनुसार राज्यको राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजे सम्म कर्फ्यु लगाइनेछ भने मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएको छ। किनमेलका लागि एउटा घरका एक जनालाई मात्र अनुमति दिइएको छ।

नागरिकहरुलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जाने अनुमति दिइनेछैन भने घरबाहिरको शारीरिक अभ्यासका लागि भने एक घण्टाको समय दिइएको छ।

मानिसहरुले आफ्नो घरभन्दा पाँच किलोमिटरभन्दा टाढा जान पाउने छैनन् । एक दिनमा एकपटक मात्र अभ्यास र शपिङका लागि बाहिर जान पाइनेछ ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राखेको अष्ट्रेलियामा अहिले कोरोना भाइरसका १७ हजारको हाराहारीमा संक्रमित फेला परेका छन् भने करिब दुई सयजनाको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो केही समययता भिक्टोरियामा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित बढिरहेका छन् । नयाँ संक्रमण बढेसँगै जुलाईको शुरुदेखि लकडाउन लगाइएको थियो ।

आइतबार भिक्टोरियामा ६ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अस्ट्रेलियामा संक्रमितको संख्या ११ हजार ५ सय ५७ पुगेको छ भने १ सय २३ जनाको मृत्यु भएको छ।

सम्बन्धित शिर्षकहरु