कांग्रेसद्वारा सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान

काठमाण्डौ । नेपाली कांग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

पार्टी कार्यालय सानेपामा एक कार्यक्रमको आयोजना गरेर कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण पदक विजेतालाई प्रति खेलाडी १० हजार रुपैया नगद प्रदान गरी सम्मान गरे ।

धेरै पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ । जसअनुसार सागमा चार वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुई वटा पदक जित्ने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल पदक २०६ जितेको थियो ।
नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु