उपसभामुखको निर्वाचन गराउन अन्तर पार्टी महिला सञ्जालको आग्रह

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले सभामुख सापकोटालाई भेट गरी अविलम्ब सभामुखको निर्वाचन गर्न आग्रह गरेका छन ।

सञ्जालका पदाधिकारीहरुले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएकोप्रति ध्यानाकर्षण गराएका हुन ।

उनीहरुले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता हुनु पर्नेमा जोड दिएका छन ।

संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामती सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्तिसम्बन्धी व्यवस्थाको प्रावधान परिवर्तन गर्न समेत सन्जालका महिलाहरुले आग्रह गरेका छन ।

त्यस्तै संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ ।

भेटमा सभामुख सापकोटाले उपसभामुख निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफल भइरहेको बताए ।

सभामुख सापकोटाले उपसभामुखको निर्वाचन गराउन प्रधानमन्त्री लगायतका नेताहरुसँग निरन्तर छलफल गरेर आफु लागि परेको जानकारी दिए ।

नेत्रित्व वर्गलाई भेटेर आफूले पटकपटक कुरा राखे पनि अहिलेसम्म निर्वाचन हुन नसकेको उनले बताए ।

सम्बन्धित शिर्षकहरु