आज राति हुन लागेको स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड च्याम्पियन बन्ने संभावना

काठमाण्डाै । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति १० वटा खेल हुँने भएको छ । बिहीबार राति पौने २ बजे हुने खेलमा रियल मड्रिडकाे खेललाई बढी महत्वपूर्ण मानिएको छ ।

खेलमा भिल्ला रियललाई जित्न सके रियल मड्रिड यो सिजनको ला लिगा च्याम्पियन बन्नेछ ।

बार्सिलोनाभन्दा चार अङ्कले अघि रहेको रियलले याे खेल जितेमा च्याम्पियन बन्नेछ भने बराबरी या हार भएमा बार्सिलोनाले पनि उपाधिमा झिनो दाबेदारी पेस गर्न सक्नेछ ।

तालिकामा दोस्रो स्थानमा बार्सिलोना रहेको छ । ला लिगामा सबै टिमले याेसहित दुई–दुई पटक खेल्न बाँकी छ ।
बिहीबार नै बार्सिलोलाले ओसासुनासँग खेल्दैछ भने याे खेलमा बार्सिलाेनाले हारे पनि रियल मड्रिडले लिग जित्नेछ ।

सम्बन्धित शिर्षकहरु