नेपालभर मनसुनी वायुको प्रभाव कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागले हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । यसका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिण तिर सरेको छ।

बिभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। त्यसैगरी आज विहान ३ः४५ बजेको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा रुपन्देही र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। बिभागले नदी तटीय क्षेत्रमा बाढीआउन सक्ने भन्दै सतर्कता अपनाउन र सचेत रहन सुझाएको छ ।

सम्बन्धित शिर्षकहरु