सकारात्मक सोच के हो ? सकारात्मक सोच नै डिप्रेसनबाट बच्ने उपाय …!

व्यक्तिको सोचाईले उसको जीवनस्तर निर्धारण गर्दछ । सोच धेरै प्रकारका हुन्छन् जसमा काम चलाउ, दीर्घकालीन, अल्पकालीन, क्षणिक वा विविध प्रकारका हुन्छन् ।

कुनै कुनै व्यक्तिमा म यो गरीछाड्छु भन्ने हुन्छ भने कोही व्यक्तिमा त्यस्तो योजना नै हुँदैन । आजको आवश्यकता कसरी पूरा गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । दैनिक जीवनयापन सुखद्–दुखद् जे जस्तो भए पनि हरेक मानिसले आफ्नो गुजारा चलाएकै छन् ।

मानव सभ्यताको विकासक्रमसँगसँगै विविध प्रकारका विचारहरु देखापर्न थाले । जसमा आर्थिक, नैतिक, व्यवसायिक, पारदर्शी, स्वार्थी, सहयोगी आदि ।

तिनै विचारहरुलाई दुई खण्डमा विभाजन गरी सकारात्मक र नकारात्मक सोचको व्याख्या गरिएको हो ।

सकारात्मक विचार भनेको जहिले पनि राम्रो देख्ने हुन्छ त्यो भनेको धेरैले हिलोलाई घृणा गर्दछन्, मन पराउँदैनन् तर त्यही हिलोमा फुलेको कमलको फुल सबैले मन पराउँछन् । सकारात्मक र नकारात्मक भनेको यही हो ।

हरेक कुरामा सकारात्मक र नकारात्मक सोच रहेको हुन्छ । हामीले कुनलाई प्राथमिकता दिने भन्ने सोच नै प्राथमिकताको कुरा हो ।

सकारात्मक सोच व्यक्ति, समाज, राज्य तथा आर्थिक विकासको पूर्वाधार हो भने नकारात्मक सोचले विनास निम्त्याउँछ भने आफ्नो चरित्र पनि नकारात्मक नै बनाउँछ । जुन देशमा विकास भएको छ त्यो सकारात्मक सोचकै कारण सम्भव भएको हो ।

हामीले पनि सकारात्मक सोचलाई व्यवहारमा ल्याउनु पर्दछ । प्रगति, उन्नति, विकास निर्माण सबै सकारात्मक सोचको नतिजा हो ।

सकारात्मक सोचको अभ्यास दैनिक गर्नुपर्छ । जसले मानसिकता नै ऊर्जासिल बनाई कर्म, आचरणमा सुधार ल्याई मानिसलाई ज्ञानी बनाइदिन्छ । कागतीको विरुवा रोपेर स्याउको अपेक्षा गर्नु नकारात्मक सोच हो ।

सकारात्मक सोच किन आवश्यक छ ?

हामी आफै विश्लेषण गरौं कि सकारात्मक सोच किन आवश्यक छ होला ? पर्यावरणको दृष्टिले पनि संसार भरको सवै जिव तथा वनस्पतिको आवश्यक छ र सवैको अस्तित्व अपरिहार्य छ र तिनको सृजना पनि आवश्यक छ यो इकोसिस्टम कायम राख्न तथा आफ्नो अस्तित्व कायम राख्न पनि सकारात्मक सोच आवश्यक छ ।

मित्रता कायम राख्नका लागि पनि सकारात्मक सोच तथा व्यवहारको आवश्यकता छ। निरासावादी चिन्तन वाट पार पाउन पनि सकारात्मक सोचको आवश्यकता रहेको छ । हरेक कार्य गर्दा यो पक्का सफल हुन्छ भनेर कार्य गर्नु आवश्यक छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने कुनै पनि काम सफल हुदैन। अर्को कुरा हामीले जहिले पनि हामी संग नभएको वस्तु खोजेर हिडेका छौं ।

हामीसंग भएको वस्तु खोज्न हामीले त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर सोच्न र विकल्पहरुको श्रंखला पत्ता लगाउन सकारात्मक सोच चाहिन्छ । प्रशंसा भनेको अरुको राम्रो कामको वारेमा गरिने चर्चा हो साथै हरेक व्यक्तीको राम्रो गुणको कदर हो आदर हो र सम्मान पनि । मूलत प्रशंसा गर्नुको मतलब मानिसलाई राम्रो काम गरे वापतमा धन्यवाद दिनुको लागि हो ।

जुन कुराले उसले अरु धेरै राम्रो काम गरोस भन्ने अपेक्षा राखिएको हुन्छ । यसले गर्दा मानिसलाई थप राम्रो कामको लागि हौसला प्राप्त हुन्छ र अरु धेरै राम्रो काम गर्न उ अग्रसर रहन्छ । प्रशंसाले मानिसको जीवनलाई व्यूताउने काम गर्दछ । जिन्दगी भरी गरेको कामको कसैले मान्यता नराख्दा दिग्दार भएको मानिस मरे तुल्य एवं नकारात्मक हुन्छ ।

अरुको आलोचना खेप्दा खेप्दा उसको मन मरेको हुन्छ । उसलाई प्रशंसा रुपि अमृतले आशावादी वनाउँछ । जसले गर्दा जीवनको सकारात्मक पाटो खुल्दँछ र जीवनका उज्याला पक्षहरु देख्न थाल्छ र जीवन आशावादी हुन्छ । जव जीवन आसावादी हुन्छ, उसमा परिवर्तन आउँछ । त्यसैले प्रशंसा जीवनलाई परिवर्तन गर्न तत्परता जगाउने अस्त्र हो ।

मानिसको प्राकृतिक स्वभाव के हो भने उसले नराम्रो सुन्न चाहादैन आलोचना सुन्न चाहादैन । आफुले गरेको कामको मुल्य खोज्छ अरुले त्यसलाई राम्रो हो भनोस भन्ने चाहान्छ । जसले उसले गरेको राम्रो कामको वारेमा चर्चा गर्दछ उसलाई आत्मीय मित्रको रुपमा स्विकार गर्दछ । कसैले उसले गरेको कामको नकारात्मक पाटोको चर्चा गर्दै अर्ति दिन थाल्छ वा आलोचना गर्दछ निश्चित रुपमा उसले त्यो मानिसलाई मन पराउदैन ।

तसर्थ प्रशंसा भनेको विश्वास र सम्बन्ध स्थापित गर्ने कडि हो । कुनै पनि मानिस जसले राम्रो गरेको हुन्छ त्यसलाई सवैले प्रशंसा गर्नुका साथै माया स्नेह व्यक्त गर्दछन् । माया र प्रेमका लागि मानिसले दिल खोलेर प्रशंसा गर्न चाहान्छ तसर्थ प्रशंसा भनेको स्नेह र सदभाव दर्शाउने माध्यम हो ।

यसरी प्रशंसा भनेको संसार जगाउने उपाय रहेछ । संसारमा हामीले जे हेर्छौ त्यही देखिन्छ जे खोज्छौ त्यही पाउछौं । हामीले अरुले प्रशंसा गरे मन पराउछौं भने आलोचना गरे चित्त दुखाउछौं ।

हामीलाई यस्तो कुरा मन पर्दछ भने अरुलाई पनि ठिक यस्तै कुरा मन पर्दछ भन्ने सोच्नु पर्ने हुन्छ । मानिसको दृष्टिकोणले नैं हरेक चीजलाई महत्व दिने गर्दछ र सोही अनुसार मानिसले प्रतिकृया जनाउँदछ । तसर्थ, हाम्रो दृष्टिकोणलाई सकारात्मक बनाएमा जीवनको मार्ग प्रशस्त हुन्छ र सवै तिर अवसर नै अवसर प्राप्त हुन्छ ।

सम्बन्धित शिर्षकहरु