सीपीएल हुने पक्का,खेलमा सन्दीप लामिछानेको तयारी

काठमाण्डौ । ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएपछि नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुने पक्का भएको छ ।
यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिएको कारण सीपीएल हुनेबारे निश्चित गरिएको थिएन ।

आउँदो अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शक बिना रंगशालामा खेलाइनेछ ।

सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ । सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ ।

खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने छ । आयोजक सीपीएल र त्यहाँको सरकारबीच गएराति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।

यस प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । यो प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।

सम्बन्धित शिर्षकहरु