कोरोना भाइरसलाई निर्मुल पार्न कठिन भन्दै डब्ल्यूएचओ निराश

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले द्रुत रुपमा बढेको संक्रमितहरुको अवस्थालाई हेर्दा कोरोना भाइरसलाई निर्मुल पार्न नसकिने भन्दै निराशाजनक अभिव्यक्त्ति दिएको छ ।

शुक्रबार आयोजित अनलाइन पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले यतिबेलाको विश्वभरका कोरोना भाइरसका संक्रमितलाई हेर्दा झन भयावह हुने बताएका हुन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलन गर्दै उनले अहिलेको स्थिति हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न नसकिने भनेका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ ।

सम्बन्धित शिर्षकहरु