पाँचबुँदे माग पूरा नगरेसम्म सार्वजनिक यातायात सञ्चालन गरिदैन :महासंघ

काठमाडौं ।सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न दिएको आदेश अव्यवहारिक र खतरनाक कदम भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना मागहरु संबोधन नभएसम्म यथास्थितिमा सवारीका साधानहरु संचालनमा नल्याइने घोषणा गरेको छ ।

महासंघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले हचुवाका भरमा यातायात सञ्चालन गर्न आदेश दिएकोले सार्वजनिक गाडी नचलाइने जनाकारी दिए ।

उनले पाँचबुँदे माग पुरा नभए यातायात व्यवसायीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण जिम्मा लिन र आफ्नो सवारीलाई राष्ट्रियकरण गर्नुपर्ने बताए ।

महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन हुनुपर्ने लयायत मागहरु अघि सारेको छ ।

त्यस्तै महासंघले यातायात मजदुर तथा आम यात्रुहरुको स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका माग राखेको छ ।

अघि सारिएका पाँचबुँदे मागहरु पूरा भए मात्र गाडी चलाउन महासंघको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु