आलु र पिंडालुको कथा !

आलु र पिंडालुको कथा !

~~आचार्य राजन शर्मा

आलु :म ठुलो हुँं । तिमीले र सबैले मलाई मान्नै पर्छ ।
पिंडालु :म चैं के कम। म नै ठुलो हुं। तिमीले नस्वीकारे म लडिनैरहने छु ।
आलु : मलाई ठुलो नमाने सम्म साम ,दाम, दण्ड, भेद लगाएर पनि म जित्ने छु ।
पिंडालु :जैरे आलु । म तिमीलाई झुकाएरै छाड्ने छु । हेर्दै जाउं ।
द्वन्द दन्किंदै गएपछि आलु र आलुहरु , पिंडालु र पिंडालुहरु एक ज्ञानि(भन्ते)को मा पुगे ।
‘लौं भनिदिनुस्, तपाईंको निर्णय नै अन्तिम हुनेछ । -ज्ञानि ज्यु ‘
भन्ते:जो ‘तं ठुलो कि ,म ठुलो भन्ने घमण्डको लडाईंं बाट टाढा रहेर शान्तिपूर्ण जीवन बांच्छ । आफुलाई आफुसंगै प्रस्तिस्पर्धा गराइ मनको मालिक बन्ने यात्रा गर्छ । वास्तवमा उहि मात्र ठुलो हो ।”तुच्छ लाभको लागि मित्रता नगुमाउ, बरु मित्रताको लागि तुच्छ अभिमान गुमाउ ,प्रिय आलु र पिडालु हो ।”

“जो त्याग्न तयार हुन्छ , उ मात्र भोग्न को लागि योग्य रहन्छ ।’

जगत्यां यत् किं च जगत् अस्ति इदं सर्वम् ईशा वास्यम्। तेन त्यक्तेन भूञ्जीथाः। कस्यस्वित् धनं मा गृधः ॥

सम्बन्धित शिर्षकहरु