ला लिगा: बार्सिलोनाको फराकिलो जित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको फराकिलो जित निकालेको छ । ला लिगाको दोस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको हो । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियालसँगको दूरी चार अंकमा झारेको छ ।

भिल्ला रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने रियलको ७७ अंक छ। लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न रियलले दुई खेलमा अंक गुमाउनु पर्नेछ भने बार्सिलोनाले सबै खेल जित्नु पर्नेछ।

सम्बन्धित शिर्षकहरु