सलहले दाङको देउखुरीमा ठुलो क्षेत्रफलको मकैबाली सखाप

देउखुरी । सुरुमा दाङको तुलसीपुर उपमहानगरपालिका स्थित खाद्रेमा सानो झुण्डमा देखा परेको सलह किराको बथान यतिबेला जिल्लाको देउखुरी क्षेत्रमा पनि आइपुगेर मकैबाली सखाप पारेको छ ।

राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा मंगलबार दिउँसोदेखि बारीमा रोपिएको मकैका बोटहरुमाथि एकासी सलह छपक्कै देखिएको हो ।

अघिल्लो दिन सम्म सग्लो रहेका मकैबाली एक्कासी सलहका बथानले नष्ट गरेको याँहाका बासिन्दाहरुले बताएका छन ।

सलहका बथानले करिब आधा घण्टामा थुप्रै जमीनका मकैका बोटहरु खाएर ठुटै बनाएको थियो ।

शिक्षक यादव आचार्यले दुई किलोमिटर क्षेत्रसम्म सलहको बथान आएर छपक्कै बसेको जानकारी दिए । उनले भने ” भाडाकुडा बजाएर थाल ठटाएर आगो बालेर र मकैको बोट हल्लाएर सलहलाई भगायौ ।”

याँहाका कृषि विज्ञहरुले सलह किराको सानो झुण्डले बालीनालीमा असर पुर्याउदैन भनिरहेको बेलामा सलहले एउटै व्यक्त्तिको १० कठ्ठा सम्मको जमिनमा हुर्केको मकै बाली नष्ट गरेको छ ।

त्यसैगरी राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा पनि सलह किरा देखिएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले दाङमा सलह किरा देखिने बित्तकै यसलाई रोकथाम गर्नको लागि कृषकहरुलाई सचेत गराउन थालिएको जानकारी दिए ।

राजपुर गाउँपालिका वडा नं. २ को चम्फानगर, गढवा गाउँपालिका वडा नं. ७ मानपुर र लमही नगरपालिका वडा नं. ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको छ ।

महिनौ लगाएर परिश्रम र लगानीका साथ हुर्काइेको मुख्य बालीनालिलाई यसरी सलह किराले सखाप पारेपछि याँहाका किसानहरू त्रसित भएर समाधानको खोजिमा जुटेका छन ।

सम्बन्धित शिर्षकहरु