शरिरभित्र कोरोना भाईरस वैज्ञानिकले विश्लेषण गरेभन्दा भयावह

काठमाडौं । पछिल्लो समय कोरोना भाईरसको महामारीले झन भयावह रुप लिने देखिएको छ । मानव शरिरमा भएका कोषहरुलाई असर पार्ने सार्सका भाईरस र कोरोना भाईरसको संक्रमणबीच सम्बन्ध रहेको पाईएको हो ।

अनुसन्धानकर्ताहरुले यस्तो भएको खण्डमा भाईरसका टेन्टाकलहरु अझै धेरै विकसित भई अझै भयावह स्थिति पैदा गर्ने बताएका छन् । यस्ता प्रकारका भाईरसहरुले शरिका अन्य विभिन्न प्रकारका कोषहरुमा भने असर तुल्याई स्वस्थ कोषहरुलाई पनि संक्रमित गर्ने काम गरेको हुन्छ ।

जसका कारण मानिसको शरिरमा अझै धेरै खतरा निम्तिन सक्छ । वैज्ञानिकहरुले कोरोना भाईरसले निम्त्याउने असरलाई कम गर्ने विभिन्न औषधिको आविष्कार गरेको विश्वास गर्छन । जसले कोरोनाको संक्रमणलाई नै निस्तेज पार्न सक्छन् ।

पत्ता लगाईएका विभिन्न ७ औषधिमध्ये सिलमिटासर्टिव भने सबैभन्दा बढी विश्वासिलो पाईएको वैज्ञानिकको बुझाई छ । जुन हाल मेडिकल ट्रायलको रुपमा परिक्षण हुँदैछ ।

वैज्ञानिकहरुले उक्त औषधिलाई कोरोना विरुद्ध प्रभावकारी मानेका छन् । जसले कोरोनाका भाईरसलाई निस्तेज पार्न सक्ने बताईएको छ । याहुन्यूज डटकमबाट अनुवाद

सम्बन्धित शिर्षकहरु