पत्रकारहरुलाई विनिप्रप सेवकाइ नेपालको सहयोग

काठमाडाैं । (कोभिड १९) को विपत्तिलाई झेल्दै समाचार संकलनको लागि निरन्तर खटेका पत्रकारहरुलाई विनिप्रप सेवकाइ नेपालले विभिन्न खाद्यन्न सामग्री वितरण गरेको छ ।

२५ जना श्रमजीवि पत्रकारहरुलाई वितरण गरिएको राहतमा चामल, दाल, नून, तेल र साबुन लगायतका खाद्य सामग्री रहेका थिए ।
बिहीबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चेत बहादुर खरेलले धार्मिक प्रायोजनको लागि चर्चमा संकलित भेटी ख टाएर संचारकर्मीलाई सहयोग गरेको जानकारी दिए ।

त्रासको विषम अवस्थामा पनि अग्रस्थानमा रही निरन्तर सूचना प्रवाह गरी नागरिकलाई सुसुचित गर्ने कार्य गरेकोले संचारकर्मीहरुसँगको यो पीडामा आफ्नो संस्थाले खुशी बाडँन खाद्यान्न सामग्री वितरण गरेकाे खरेलले बताए ।

मिडिया एड्भोकेसी फोरम नेपालका अध्यक्ष विदुर अधिकारीले देशभर लकडाउन भएको अवस्थामा मिडिया हाउसहरुमा कार्यरत आम श्रमजीवि पत्रकारहरुलाई परेको आर्थिक समस्यामा संस्थाले प्रदान गरेको सहयोगले संचारकर्मीहरुलाई केही राहत पुग्ने विश्वास व्यक्त्त गरे ।

कार्यक्रममा रातोपाटीन्यूज डटकमका संचालक पत्रकार निरोज तोलाङेले हस्ताक्षर गरेको कदर पत्र र धन्यवाद ज्ञापनको पत्र विनिप्रप सेवकाइ नेपालका अध्यक्ष खरेललाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित शिर्षकहरु