अर्थ तथा विकास समितिबाट बहिरिए सांसद दिपक मनाङ्गे

पोखरा । आफुले केही काम गर्न नसकेको भन्दै सांसद राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट बाहिरिएका छन ।
सांसद गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट सोमबार राजीनामा दिएका हुन ।

समितिको जिम्मेवारी भएपनि कुनै खास काम हुन नसकेकोले राजीनामा दिएको उनले बताएका छन ।

समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए
धेरै अधिकार आफैंले राखेर प्रदेशलाई दिने भएका कारण प्रदेशका मन्त्री पनि पावरफुल नभएको गुरुङले बताए ।

क्रसर र ठेक्कापट्टामा भएको भ्रष्टाचार रोक्न नसकिएकोले कुनै अधिकार नभएको जस्तो गरी रहन परेको उनको गुनासो छ ।
जुन ठाउँमा बसेर काम गर्न सकिँदैन त्यहाँ बस्नुको कुनै औचित्य नरहेको गुरुङको भनाइ छ ।

समितिका सभापति दीपक कोइरालाले भने सांसद गुरुङले गर्न चाहेजस्तो अधिकार समितिलाई नै नरहेको बताए ।

फौजदारी संहिताविपरीत अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका मनाङेलाई प्रशासनले १२ माघमा ६ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद बनेका गुरुङ गत वर्षको असार १९ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट टीका लगाएर नेकपा प्रवेश गरेका थिए ।

सम्बन्धित शिर्षकहरु