अंगिकृत नागरिकता विधेयकले भारतसँगको रोटीबेटीको सम्बन्ध बिथोल्छ :नेता प्रभु साह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णयले नेपाल-भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने बताएका छ्न ।

उनले नागरिकता विधेयकको विषयमा नेकपाको सचिवालय बैठकले शनिबार गरेको निर्णयप्रति असन्तुष्टि जनाउदै उक्त्त विधेयकलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेकपा सचिवालय बैठकले नेता साहले ढिला गरी नागरिकता दिँएर मात्र राष्ट्रियता बचाउन नसकिने बिचार व्यक्त्त गरे ।

“नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभूत रुपमा मधेशी जनभावना विपरीत छ,उनले भने, “७ वर्ष पछि नागरिकता दिँदा नेपाली राष्ट्रियता बलियो हुने र विगतमा झैं भारतीय नागरिकता त्यागेपछि नागरिकता दिदाँ राष्ट्रियता कमजोर हुने तर्कमा कुनै तुक देखिँदैन ।”

अन्तराष्ट्रिय वैवाहिक सम्बन्धले राष्ट्रियतामा कुनै असर नपरेको भन्दै नेता साहले यो प्रावधानले मधेशी जनतामा नकारात्मक असर पर्ने बताए ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले सर्वमान्य र सबैको हितमा विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिदै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु