कोरोना संक्रमित संख्या बढेसँगै खराब मुलुकमा नेपालले अस्ट्रेलियालाई उछिन्यो

अस्ट्रेलिया । अस्ट्रेलियालाई नेपालले कोरोना संक्रमितको संख्यामा उछिनेको छ। कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपालले अस्ट्रेलियालाई पछि पार्दै ६९ औं स्थानमा पुगेको छ।

नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो। हिजो साँझ ६ सय ७१ नयाँ संक्रमित थपिएछि नेपालमा ७ हजार ८ सय ४८ जना संक्रमित फेला परेका छन्। अस्ट्रेलियामा संक्रमितको संख्या ७ हजार ३ सय ९१ रहेको छ।

नेपालले हिजोमात्रै फिनल्यान्डलाई संक्रमितको संख्यामा उछिनेको थियो। नेपालभन्दा अगाडि अब सुडान र मलेसिया रहेका छन्। सुडानमा संक्रमितको स्ख्या ८ हजार २० छ भने मलेसियामा ८ हजार ५ सय २० जना।

सम्बन्धित शिर्षकहरु