राष्ट्रिय चिन्हमा समावेश गर्न गरिएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाद्वारा पारित

काठमाडौं ।राष्ट्रिय सभामा लिपुलेक,लिम्पियाधुरा र कालापानी सहितको नक्सा निसान छापमा राख्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएकाे छ ।

विहिबार संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न गरिएको संविधान संशोधन विधेयक पारित भएको हाे।

प्रतिनिधिसभाले जेठ-३१ गते सर्वसम्मत पारित गरेर यो विधेयकलाई पठाएको थियो ।

बिहीबार भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।

राष्ट्रियसभाले पारित गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ। जानकारी पछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप लागु समावेश हुनेछ ।

सम्बन्धित शिर्षकहरु