नेप्लिज पेन्सस कम्युनिटीको आयोजनामा राहत वितरण (फोटोफिचर)

सञ्जिव अर्याल, असनेपाल न्युज, अस्ट्रेलिया । अस्ट्रेलियामा नेप्लिज पेन्सस कम्युनिटीले एक विशेष कार्यक्रमको आयोजना गरेर आफ्नो क्षेत्रको विद्यार्थीहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न संस्थाहरुले जस्तै नेप्लिज पेन्सस कम्युनिटी एनपिसीले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

पेन्सस आसपासका हर्ट्स्भिल ,रकडेल, रिभरउड लयायतका स्थानमा रहेका र संकटमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोगको लागि सो रासन वितरण कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा नेपाली समुदायका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  अतिथी न्यान्सीले समुदायमा पुर्याएको  योगदान बारेमा चर्चा गर्दै उहाँले दिनु भएको सहयोगलाई विद्यार्थीहरु माझ वितरण गर्नु भएको थियो ।

कार्यक्रममा नेप्लिज पेन्सस कम्युनिटी(NPC)का अध्यक्ष लक्ष्मण श्रेष्ठले आफुले यस एरियामा रहेका सबै दाताहरुलाई उत्साहित गरेको र नेपालीहरुलाई सहयोग दिनको लागि नेपालीहरुलाई सहयोग दिनको लागि नेपालीले कहिल्लै हात नखुम्च्याएको बताउनु भयो ।

त्यस्तै गरेर एनआरएन विश्व समितिको तर्फबाट मन केसीले नेपालीहरु जहाँ गएपनि सहयोगलाई सधै जोडि रहने बताउनु भयो । कार्यक्रममा पत्रकार ॠषि आर्चायले राजनीतिज्ञ डेभिडले प्रतिवद्दता गरे मुताविक नेपाली समुदायमा प्राप्त हुने भनिएको झण्डै एक मिलियन डलर रकम र अहिले भए गरिएको परिस्थितको बारेमा जानाकारी गराउनु भएको थियो ।

यस्तै नान्सी लिउले सम्पुर्ण नेपाली समुदायलाई सहयोग गर्न पाउँदा सम्पूर्ण चिनियाँ समुदाय मात्र नभएर काउन्सिल तथा स्थानिय दल समेत खुशी रहेको बताउनु भयो । सहयोग गर्ने अस्ट्रेलियाली संस्कार भएको बताउनु भयो ।

सो अवसरमा उत्प्रेरक वक्ता, सकारात्मक सोचका अभियान्ता तथा नेपाली विद्यार्थी बीच राहत बाँड्न लामो समयदेखि समय र साधन जुटाइरहेका आर्चाय राजन शर्माले नेपालीहरु विश्वको जुनसुकै कुनामा भएपनि नेपालीहरुबाटै सहयोगी बन्न सक्ने बताउनु भयो ।

सो कार्यक्रममा उहांले दिनेहरुले कहिल्लै अहंकार र लिनेले कहिले हिनताबोध लिएर लिन नहुने बताउँदै लिनुदिनु भनेको केहिपनि छैन् यहि प्रकृतीमा एकले माध्यम भनेर अर्कालाई दिई रहेको बताउनु भयो ।

सो अवसरमा हरि श्रेष्ठले कार्यक्रमलाई सुत्रधारको रुपमा काम गरेका थिए भने विद्यार्थीहरुको तर्फवाट करिश्मा श्रेष्ठले आफ्लाई नेपाली समुदयबाट मिलेको सहयोगको चर्चा परिचर्चा गरिने यस्ता सहयोग लाभदायी भएको बताउनु भयो ।

नेप्लिज पेन्सस कम्यिुनिटीले आफ्नो आसपासमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ । यसको सहयोगको लागि सेयर नामको संस्था तथा समुदायको अगुवाहरुले पनि हात दिँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु