सिमा संरक्षणमा सरकारको पहलप्रति विप्लपको प्रशंसा

काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गर्न आवश्यक रहेको छन ।

सरकारबाट प्रतिबन्धित भइसकेको यो दलका महासचिव विप्लवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केपी ओली सरकारले गरेको नँया नक्सा निर्माण कार्यको प्रशंसा समेत गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ५८ वर्ष देखी भारतले नेपालको भूमि, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो कब्जामा राखेको र यसको विरुद्धमा सरकारले चालेको कदम प्रशंसनीय रहेको बताएका छन ।

त्यसका विरुद्ध नेपाली जनता, विज्ञ, बुद्धिजीवी क्रान्तिकारी शक्तिहरू निरन्तर शक्ति प्रदर्शन गर्न थालेको कारण उक्त जनमत र सङ्घर्षको दबाबमा परेर केपी ओली सरकारले जेठ ३१ गते उक्त भूभाग समेटेर नक्सा सार्वजनिक गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ’, विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरू नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि सरकारएल अगाडि बढ्न आवश्यक रहेको विप्लवको भनाई छ ।
विज्ञत्तिमा भनिएको छ, “हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ” ।

सम्बन्धित शिर्षकहरु