कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो, मृतकको संख्या ४ लाख २७ हजार

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ ।

शुक्रबार विहानसम्म ३८ लाख ३३ हजार मानिस संक्रमणमुक्त भएकोमा शनिबार विहान साढे ५ बजेसम्म ३९ लाख १६ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित शिर्षकहरु