कोरोना संक्रमितको तथ्यांक पारदर्शी बनाउन ब्राजिललाई आग्रह

विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोना भाइरसका संक्रमितको तथ्यांक संकलन गर्न र सो तथ्यांक सार्वजनिक गर्न अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले ब्राजिललाई नियमित रुपमा र पारदर्शी ढंगले कोरोना भाइरसका संक्रमितको तथ्यांक सार्वजनिक गर्न अपिल गरेको हो ।

ब्राजिल संसारकै दोस्रो बढी संक्रमित भएको देश हो । त्यहाँ हालसम्म ७ लाख १० हजार ८८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३७ हजार ३१२ जनाको मृत्यु भइसकेका छ । महामारी नियन्त्रणमा ब्राजीलले चालेका कदमको आलोचना भइरहेको छ ।

डब्लुएचओको हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारसँग कुराकानीमा नागरिकको सुरक्षाका दृष्टिकोणले कोरोना संक्रमितको तथ्यांक संकलन गर्नु र पारदर्शी बनाउन आवश्यक रहेको जनाएका छन् ।

उनले भने, ‘उनीहरुले आखिर के भइरहेको छ भन्ने बुझ्न आवश्यक छ । उनीहरुले भाइरस कहाँ र कति फैलिएको छ भन्ने जान्न पनि आवश्यक छ । संक्रमण कसरी नियन्त्रणमा लिने भन्ने पनि उपाय खोज्न आवश्यक छ ।’ एजेन्सी

सम्बन्धित शिर्षकहरु