कोरोना संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ८१ हजारको मृत्यु

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ।

उक्त संख्या थपिएसँगै कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार २ सय १६ जना जना पुगेको छ ।

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भएको छ।

यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा १२ सय भन्दा धेरैको मृत्यु भएको छ।

त्यसैगरी अमेरिकामा ११ सय ३२, बेलायतमा ३ सय २४, मेक्सिकोमा २ सय ३७, भारतमा २ सय २१, रुसमा १ सय ८२, फ्रान्समा १ सय ७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर २९ लाख ८६ हजार भन्दा धेरै संक्रमित उपचापछि निको भएर घर फर्किएका छन्।

सम्बन्धित शिर्षकहरु