कोरोनाबाट बाजुराकी दुई वर्षे बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान  मृत्यु भएको जानकारी दिए।

उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ। ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।

शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भएका छन्।

सम्बन्धित शिर्षकहरु