दुई वर्षीया बालिकाको आइसुलेसनमै ज्यान गयो

डोटी । जिल्ला अस्पताल बाजुरामा आइसुलेसनमा भर्ना गरिएकी दुई वर्षीया बालिकाको ज्यान गएको

बुढिगंगा नगरपालिका १ बस्ने दुई वर्षीया बालिकाको जेठ १८ गते राती २.३० बजे मृत्‍यु भएको हो ।

मृतक बालिकाका आमा बुबा ८ दिन अघि भारतबाट आएको र उनलाई यात्राकै क्रममा उच्च ज्वरो,श्वासप्रश्वास कठिनाई,झाडा, पखाला बान्ता हुने जस्ता समस्या देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

मृतक बालिका र उनका आमा बुबा तीनै जनाकाे स्वाब संकलन गरि आरटी, पीसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला धनगढी पठाइएको छ ।

सम्बन्धित शिर्षकहरु