कर्णालीमा थपिए १५ जना कोरोना थपिए

सुर्खेत,कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो सँगै संक्रमितको सङ्ख्या ३८ पुगेको छ ।

सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।
संक्रमितको संख्या थपिदै जान थालेपछी प्रदेशका जिल्लाहरुमा उच्च सतर्कता अपनाउन प्रचार प्रसार गर्न थालिएको छ ।

सम्बन्धित शिर्षकहरु