कोरोना भाइरसको संक्रमणले आँखामा असर गर्छ ? संक्रमण निको भएपछि आँखाको समस्या !

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार कोरोना भाइरस संक्रमण निको भएपछि आँखाको समस्या देखिएको बताएका छन् ।

उनका प्रमुख सहयोगी डोमिनिक कमिङ्‌सले यसअघि आँखा जचाउँन ६० माइल यात्रा गरेको बताएपछि जोन्सनले पनि आफ्नो आँखामा समस्या देखिएको बताएका हुन् ।

कमिङ्‌सले लकडाउन उल्लंघन गर्दै यात्रा गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

के कोभिड-१९ को संक्रमणले व्यक्तिको आँखामा पनि समस्या उत्पन्‍न गराउँछ ? भन्‍ने उठेका छन् ।

विशेषज्ञका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिमा आँखाको समस्या देखिनु असामान्य हो । विशेषज्ञहरुले हालसम्म कोरोना भाइरसका कारण आँखामा समस्या आएको विषय नयाँ भएको बताएका छन् ।

तर, कहिलेकाँही संक्रमणका कारण आँखाको पानी आउने, किराकिराहट तथा असहजता महसुस हुनसक्ने पनि बताइएको छ । – बीबीसी

सम्बन्धित शिर्षकहरु