विश्वभर ५५ लाख ८६ हजार कोरोना संक्रमित, ५३ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहासम्ममा ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेके छ भने १५५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु