नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ले ल्यायो फरक मनोरन्जन

सिड्नी, गायक केदार बरुवाल क्षत्रीको नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ सार्वजनिक भएको छ । मायालुको सम्झनामा गाइएको मनछुने गीतमा स्वर शब्द,संगीत स्वयम् गायक बरुवाल क्षेत्रीको रहेको छ भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका छन।

लामो समय देखि अष्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक क्षत्रीको ‘एक तर्फी’ नामक फरक नयाँ म्युजिक भिडियो सार्वजनिक भएका हो ।

सफ्ट सेण्टिमेण्टल भर्शनको यस गीतमा गायक बरुवाल क्षत्रीले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा समेत स्वयम् गायक क्षत्री फिचर्ड छन्। सन्तोष गुरुङको छायांकन, सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।

रियालीटी सो ‘चितवन आइडल २०७०’ को उपाधि बिजेता समेत बनिसकेका क्षत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली सांगेतिक क्षेत्रमा पाइला राखेका थिए । हालसम्म उनका एक पलु , मन छोडी लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक क्षेत्रीले आग्रह समेत गरेका छन्।

स्वयम् गायक क्षत्रीको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

सम्बन्धित शिर्षकहरु