प्रशान्त कै ढिस्कोमा उभिएर

कवि उदय निरौला ।
प्रशान्त !बेलि बिस्तार लगाइ नै रहेछु म मेरै माटोको।भोट र कोटका पीडादायी कथाहरू, समानताका घन्किएका सारेगमका ढोलकहरू, अनि गरीब किसान र मजदुरहरूले कहिल्यै प्राप्तगर्नै नसक्ने उनकै नाममा खिपिएका , बुनिएका र तुनिएका सपनाहरूको माला जो सपना देखाउनेहरूनै गुथेर हिंड्ने गर्छन् ।तै पनि ढाँटिएरै ,लौरो बनेरै ,भर्याङ भएरै पनि जीवन यापनका क्रममा निर्वाचनको पर्वहरू मनाउने बानी परिसकेको छ ,थप थप ती जुकाहरूलाई हामी सबै भोट हाल्छौं, हालिनै रहन्छौं अनि पट्याइनै रहन्छौं गोजीमा ।समानताका नाराहरू पनि मेरो माटोमा सस्तै किन्न पाइन्छ मात्र महँगो पर्छ शिक्षा, श्वास्थ्य ,कृषि ,यातयात लगायत कमिशनले ढाडिएर फुलेका गरिबले खाने चामल र दालका दानाहरू।महँगो पर्छ, नानीका नानाहरू,र महँगो पर्छ नानीका पाठशालाहरू,अनि पर्छ महँगो अस्पतालहरू ,पाइन्छ सस्तो सपनाहरू अनि मजदुर ,किसानका पसिना र रगतहरू।तै पनि नि !प्रशान्त शान्त नै छन् उनीहरू बालेका छैनन् अाक्रोसका दाउराहरू र पिसोल्टिएका छैनन्,
अाशा छ अझ खस्लान् कि सपनाहरू ।अँ यो तिम्रा किनारमा म देखिरहेंछु श्रमको राम्रो मूल्य र कामको सम्मान।कम्युनिस्ट सरकार हो कि के ?हो? तिम्रा किनाराको सरकार।सुनेको थिएँ पुँजीबादमा त यस्तो मूल्य र मान्यँता,मिलेको सिस्टम अनि मानिस मानिसका बीच कानुनी समानता केही हुन्न ?सुनेका कुरा र देखका कुरामा कति फरक है प्रशान्त !हैट कहाँ राजैतिक जंगलमा पसेंछु म। ।म त सिर्जनाका र सर्जकका कथाहरू पो तिमीलाई सुनाउँदै थिएँ, तिम्रा छेउमा उभिएको सुन्दर शहर, बजार गाँऊ र बस्तीका सडकहरू पो नाप्दै थिएँ र पड्दै थिएँ। अचानक घिनलाग्दो जंगलमा हराएँ छु ,सरि प्रशान्त! माफ गर है। कति मिलाएर बनाएका यी तिम्रा किनाराका गाँऊ वस्तीका घरहरू , नाच्न उभिएका परिहरूको पंक्ति जस्तो मिलेको ।घर अगाडि अाँगन र मिलाएर सजाएको फल र फूलका विरूवा अनि बृक्षहरू।चुवा, जाई, चमेली, सयपत्री,निलकाँटा, वेगनवेली,गुलाफ , कमल, ईन्द्रकमल,कनकचम्पा, गोदावरी , मखमली ,सुन क्यावरा , हात्तीबारे,सजियन, कदम, सुनाखरी,करविर,बार्हैमास विविध रङ्गमा फुलिरहने दुर्गामाताको प्यारो भनिने त्यो जपाकुसुम,कनेर,अत्तरवर्षी, काँसीफूल, टुकीफूल,ग्रेडिवलस,बुकिफूल,लाजवर्षी, सिंउडी,कालो तुलसी, कोयली फूल,लसुने फूल,र अरू मैले नजानेका कैयन् सामुद्रिक फुलहरू मेरा अाँखाको क्यामराले किटिक्क किटिक्क फोटो खिच्दै रहे, पैदल यात्रामा कतै विहानीमा कतै साँझ देखि साँझसम्मको हिंडाईमा कतै।
यस्तै यो समशीतोष्ण भूमिमा मैले सरकारले र नागरिकले संरक्षण गरेका यी विरूवा र बृक्षहरू पनि कतै घर अाँगना सजाईएका र कतै पार्कहरूमा मिलाएर हुर्काएका र बढाइएका देखें ।(जस्तो :क्यामुना,जमुना,विवध जातका धुपीहरू र सल्लाहरू,बकैनो , शिसौ,कालो निम,टाँकी, कोईरालो,बयर,काँसीबयर,वर,पिपल,शमी, रंङ्गेली,राजवृक्षे, टोटला,सिमल, दुधिलो,कट्टुस,अोखर,शिरीष, गुलमोहर,कटहर,भैं धँगेरो,रुखधँगेरो, अम्बके,बान्द्रे, पटपटे,पाँचपाते,गुँयेलो, अँगेरी, गिँदेरी,र अरू मैले नजानेका र नचिनेका असंख्य बृक्षहरू।यस्तै फलफुलमा अङ्गुरको त यो भुमि जंगलै भयो ,यस्तै एबोगार्डो किबि र सामुद्रिक ड्रय्गनफलहरू पनि यहाँको प्यावानैभयो ।अरू हाम्रा माटोमा पनि हुर्कन रमाउने यी
अापँ,अम्बक,हलुवाबेद ,शुन्तला, कागती , मौसम, जुनार,काली ज्यामिर,नाइटे ज्यामिर,निबुवा,भोगटे,जातजातका अारू,नाश्पती,स्याउ,अारूचा,बखडा,जामुन,र मेवा त घरघरमै फलेका र फुलेका देख्दा कतै म मेरै माटोमा उभिएर मुस्कुराई रहेको इलाममा नै त छैन भनेर अहिले अाँखाको चश्मा पुछ्दै नियालिरहेँछु ।क्यामुन,मलिंम्डो,चारपाटे,हाम्रा चुरेभावरमा पाईने जातजातकाका थाकल, फ्याक्रे,पान,चाबो,कनाखे ,सनासे,भोर्ला र देब्रे ।यस्तै भारत तिर पाईने रसगुला, र अाँट्टे। मात्र यो भुमिमा मैले ठुला जातका रूखहरूमा साल(सखुवा)बज्राँठ,फलाँठ,फलामे, साज,चिलाउने, मगरात,बडहर,मलाते,उतिस,मउवा,लाँकुरीहरू देखिन र भेटिन ,सायद अनुमान गर्न सकिन्छ यहाँको घना जंगलभित्र पनि यी विरूवाहरू छैनन् होला तर मात्र अनुमान।
कँगारूको देशमा कुश, बाबियो,बाँस,सालिम्बो,काँस,प्रसस्तै पाइने रहेछ।बनौषधमा बोके टिम्बुर पाखनबेत,सिँउडी,क्याक्टस,भृङ्गिराज,पुनरनवा,जातजातका कणठकारीहरू,भृष्म,घृतकुमारी,मदाने,टुके र बुके ,विष्मा,अाँक श्वेत र रक्त दुबै,अर्जुनकुमार,श्रवणकुमार दुवै,इन्द्रेणी ,शिवलिङ्गी,कामख्यबेली,पँहेली,अमृतकुमार, अश्वगन्धा,शर्पगन्धा,नागफेनी,माधुरी,गजफेनी,अडिर,रूख् धतुरो,चुत्रो,लज्जावति,खडरस,सोमरसबेली,टुकीफूल,अमरबेली,पध्मचाल,भाटे, बेथु,मेथी, गोरखमुण्डी,अनार,दारीम कतिकति रहेछन्।लसुने त अझ घरघरै बाटो ,घाटो जतातता भेटिन्छ ।यद्यपि यो सम्पन्नताले छर्लप्पै ढाकेको देशमा हाम्रा घलेबाहरूले जस्तो यी अोखतीहरूको प्रयोग यहाँ गरिन्न तर प्रकृतिले भने बरदान नै दिएको रहेछ।सरकारको सिस्टम र कानुनको राम्रो पालनको कारण अनि बेफुर्सदिले पनि देशलाई उन्तिको पथतिर डोर्‍याउन सक्दोरहेछ भनेर लखकाट्न सजिलै सकिन्छ याँहाका मानिसहरूलाई देख्दा ,होइन त!प्रशान्त !संबृद्धि महल र हवेली अनि सुन्दर पलङ् र बिक्ष्यौनाको सपना देखाएर, झुटका अाश्वासनहरू बाँड्दैमा कहाँ अाउने हो र?निश्वार्थ नेत्रित्वले खिपेको र बुनेको राज्य प्रणाली र त्यसको समुचित ब्यवस्थापनले मात्र ल्याउन सकिन्छ भनेर नजान्नेहरू त अवस्यपनि लगाम हाक्न इतिहासदेखि वर्तमान सम्म पुगेका हैनन् नि !राजसिंहासनमा तर कसैले पनि जनता र देशको बिषयमा नसोच्नुको पछाडिका कारणहरू के हुन सक्छन् प्रश्न गंभीर र अनुत्तरित नै छ अझसम्म ।खैर!यश बिषयमा मैले माथा पच्चीसी गरेर टाउको दुखाउनुछैन।यो त उनीहरूकै बिषय हो, तथापि पनि प्रशान्त !तिम्रा किनारामा काम गरिरहेका मेरा माटोका युवायुवतीहरूको श्रमको बाध्यताले मलाई पनि लेख्न बाध्य तुल्यायो र तिमी समक्ष यति बोलें मैले।झर्को लाग्योहोला यी बेफ्वाँक र बेतुकका गन्गन्हरूले।
अब म तिम्रा किनाराबाट कल्पनाको बाईपङ्खी विमानमा चडेर पुन मेरो संझनाको तरेलीमा हेलिन पुगेको छु।२०४५सालमा एकपटक गरिमाको कार्यालयमा सम्पादक कविदाई विष्णु विभुले चिनाईदिनुभएका कवि कृष्ण प्रसाईं पुतली सडक थापासरको स्टेसनरी पसलतिर दार्ही बडाएर बसेका उनीनिर पुगेको छु।बगर पत्रिकाले निकालेको कविताको विशेशाङ्क पछि प्रसाँईले प्रकाशन गरेको कविताहरूको सँगालो ऐलेसम्मकै ठूलो दस्ताबेज हो नेपाली साहित्यमा। उनले नेपाल ,असम, डुवर्स, मेघालय र सिक्किम सम्मका तीनताकासम्म लेखिरहेका ,लेखेका र ऐलेसम्म लेख्दै गरेका कविहरूका कवितालाई संगेटेकाछन्।यो संग्रहमा सम्पादकले कुनै विचार ,वाद र नातागोतालाई अनि अाग्रह पुर्वाग्रहलाई स्थान नदिई समेटेका छन् ।अब प्रकाशन गर्न चाहनेहरूकालागि यो ग्रन्थ एउटा मार्ग दर्शक बन्नेकुरामा दुईमत छैन नै।प्रसाँईले नेपाली साहित्यलाई यसअर्थमा ठूलै गुन लगाएका छन्।उनीसँगको सामिप्यताले पनि मेरो कलम माझिन ठूलो भुमिका निरवाह गरेको छ।२०४५सालमा नै कवि ,कथाकार ध्रुव मधिकर्मीलाई मैले मेरै घर भक्तपुरमा चिन्न पाँए।कसरी भन्दा, मेरो छिमेकी र नातामा भिनाजु प्राध्यापक उपेन्द्र रिजाल भक्तपुर कलेजमा नेपाली पढाउने अलिअलि ऐलेका समालोचकहरूले झैं पाठ्यक्रममा समावेस भएका कथा, कविताको पाद टिप्पणी लेख्ने र ध्रुबको साहित्यिक त्रैमासिक पत्रिका अारोहणमा छपाउने गर्नुहुँदो रहेछ र केही कपि विद्यार्थीहरूलाई सजिलको लागि दिनुहुँदोरहेछ जसले प्रकाशनमा पनि अलिअलि मद्दत पुगोस वहाँको सोचरहेछ ,हो त्यही सोचले वहाँले नै मलाई चिनाजाना गराउन मधिकर्मीलाई लिएर दशै तिहार अङ्ककालागि केही विज्ञापन जुटाउने बिचारले घरसम्म अाउनुभएको र बिस्तारै उनीसँग नजिकिएको संझनापनि अाईरहेछ।साहित्यिक पत्रिका निजिक्षेत्रबाट निकाल्न अति नै कठिन थियो, जो ध्रुवलाई ऐलेसम्म पनि रहरकै बाध्यता भैरहेको ठान्छु म।मेरा केही कवितापनि उनको पत्रिकामा छापिएकाछन् ,तीनताका र ऐले २/३बर्ष अघिपनि।
अब केही गैर साहित्यका संझना सुनाउने बिचार जाग्यो प्रशान्त मलाई ।

एसएलसि परीक्षा दिए पछि प्राय हामी गाँउलेहरूलाई कतै न कतै स्कुल पढाउने रहर हुन्थ्यो ,किनकि माहौल नै त्यस्तै थियो उतिबेला गाउँ तिरको।सबै शिक्षक बनिहाल्ने।यो क्रममा मलाई इलाम जिल्ला शिक्षा कार्यालयमा हाम्रा चन्द्र शेखर खतिवडासरले देखेर “किन उदय तिमी याँहा “?सोध्नुभयो ।मैले मरो इच्छा प्रकट गर्नासाथ तुरुन्तै प्रतिकार गरेर काठमाडौ जाने सल्लाह दिनुभएको थियोे ।वहाँ मेरा अादरणीय हुनुहुन्छ तर वहाँले गणेश निरौला, दुर्गा शर्मा भट्टराईलाई जस्तो कक्षा शिक्षक भएर अंग्रेजी पढाउन पाउनु भएन हामीलाई ,जस्को प्रभाव (अँग्रजी सिकाउने कला प्रखर थियोे अरे वहाँसँग भन्थे, वहाँ सँग पढ्नेहरू)।वर्तमानसम्म पनि महसुुस भैरहेछ ,मलाई ।वहाँलाई अचानक त्यहाँ देख्न नचाहनेहरूले सरूवा गरिदिए र हामीबाट थुतेर टाढा पुर्याइदिए।वहाँ सदैब अरूको उन्नति चाहने मान्छे र हाम्रा अभिभावक नमन छ वहाँलाई।अर्को प्रसंग काठमाडौ कारणबस अाउन नमिलेपछि मलाई अाई .ए.को प्राइभेट परिक्षा दिनकालागि प्रेरणा पदान गर्ने दाजु प्रेम नेपाल मेरो अति स्नेही निकटकै दाजुजस्तो बन्नु भयो ।सायद काल्पनिक पुर्वजन्मको मेरो नजिककै कुनै प्रिय हुनुहुन्थ्यो कि?वहाँले काठमाडौंबाट घर नामसालिङ अाँउदा अर्हाए जस्तै गरेर फारम भर्न हुलाक मार्फत कागजातहरू पठाइसकेपछि सबै सहयोग गरेर फारम भरिदिएर ,परिक्षाको सुचना लगायत मार्कसिट निकालेर पठाईदिनुभएको पनि म संझिरहेँछु।पछिल्लो बर्षको फारम भर्न२०३५सालको हिँउदमा म अाँफै काठमाडौं अाएको र दाजु प्रेमले जमल लगेर फारम भर्दा काम नसकेर दाइ भवानी शंङ्कर सुवेदीलाई लगाईएको ,वहाँ र म गएर सानो ठिमीमा एस.एल.सि.को प्रोभिजनल सटिफिकेट निकालेको अनि ट्रलिबस चढेर भक्तपुर गएको र तीनताकाको फोहरले खुट्टा टेक्न पनि घिनलाग्ने अनि ऐले उपत्यकाका तीन शहर मध्ये सबै भन्दा सफा र सुन्दर भक्तपुर घुमेको पनि याद अालै अाँखामा घुमिरहेका प्रतिबिम्बहरू खोजिरहेको छु, यश घडी तिम्रो यो निलो पनीमा प्रशान्त ।!ती विम्बहरू!ऐले तिम्रो पानिको गर्तमा,गर्भमा र यो बादलछाँयामा कतै अोझलमा हल्लँदै होलान् र यो सुन्दर नगरीको सुन्दर भूगलको ऐनामा कतै टलक्क ,झलक्क र खक्रक्क टल्कँदो पनि हो। यस्तै यस्तै छ मेरो सपनाको देश,भेष र केश।।।।क्रमश….

सम्बन्धित शिर्षकहरु