नेपालमा २५ कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं । नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।

आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्।

सम्बन्धित शिर्षकहरु