रत्तेउली खेलिरहेछ ,बादल कहिले घाम पुर्छ, कहिले चट्याङ छर्छ र कहिले दर्कन्छ:कवि उदय निरौला

¢कवि उदय निरौला :कहिलेकाँही विगत कोट्याँउदा। 

अँ चिनाजाना त उनका सिर्जनाहरूले नगराएको होइन यद्यपि सामिप्यता अरू मजाको हुने।यस्तै क्रममा नयाँ सडकका साहित्यका बुटपालिस अान्दोलनका अगुवा दाइ कवि कथाकार शैलेन्द्र साकारसँग जब म २०४४देखि नजिकिन थालेँ तब वहाँको बालसुलभ सरलता अौधि नै मनपर्न थाल्यो ।एकसाँझ साहित्यकार भन्दा पनि बढी नै साहित्यका सिकारूहरूका प्रोमोटर , अभियन्ता र कुशल संयोजक लेकाली र अर्को नाम भुलें मैले कहीं बसौं भनेर पुतली सडकबाट दरवरमार्ग ,लैनचौर हुँदै लेकालीले पानीपोखरी नजिकैको डिलभन्दातलसम्म ती सरल मान्छेलाई हिँडाएको र राती अवेरसम्म साहित्यका गफगाफमा अल्झिएर पुतलीसडकको लेकालीको डेरामा लेकालीलाई छाडेर हामी दुई भक्तपुर हानिएको याद पनि अाँउछ।सर्जकलाई पढेर पाठकले लगाएको एउटा ऐनाको विम्ब सर्जकलाई भेट्दा मेटिने संभावना बलियो रहन्छ र उप्रान्त अर्को ऐना र अर्को विम्ब पनि तयारहुन सक्छ भन्ने धारणाको पाटोमा म पुगेको त्यो अतीत बढो गजवको लाग्छ मलाई।
साकारका कविताहरू नेपाली साहित्यमा अलग मूल्य र मान्यता कायमगर्न सक्षम छन् भन्ने मेरो अठोट हो । त्यसरी नजिकैबाट मैले छामेका साकारसँग ऐलेसम्म पनि म मेरो श्रद्धाका गोजीमा खामेर राखेको छु। ऐलेसम्म पनि हाँम्रो भेटघाट हुदैरहन्छ एककप चियाका साथमा।यस्तै मोहन कोईरालदाईसँग पनि पिपलबोटकै पश्चिमी किनारामा भेटें मैले फर्सीको जराजस्ता चाम्रा पाईन उनलाई निकटमा नरम र कमै बोल्ने लज्जालु स्वभावका मोहनदाई बढ्तै भावुक र दार्शनिक बान्कीका लाग्थ्ये मलाई चैं।अरूलाई नलाग्न सक्छ।कवितामा छुट्टै सडककोर्ने मोहनदाई स्नेही र स्निग्ध लाग्थे मलाई चैं। उनलाई गाली गर्नेहरूको जमात ठूलै हो क्लिस्ट र अस्पस्ट कवि भनेर।सरलताभित्रका जटिल कवि हुन् मोहन कोईराला ।तीनताका ऐले जस्तो साहित्यमा गुटबन्दी र जमातहरू थिएनन् पंञ्चायतको विरोध र स्तुति गाउनेहरू पनि एउटै पिपलकोरूख मुनि अोतिएका थिए।वामपन्थी राजनीतिको छेछाउमा उभिएका हुन् वा दक्षिणी किनारातिरका हुन् ऐले जस्तो पँधेरो बाबारको अवस्था थिएन।यस्तै पुराना सर्जकहरूको सम्मान पनि सबैले र सबै पक्षकाले गर्दथिए।
वर्तमान जस्तो भुँई फुट्टा थिएन उबेला साहित्यमा कोही । ब्यक्तिबादी पनि थिएन साहित्य ।अँग्रेजीका र नेपाली साहित्यका उत्तिकै विद्वान अनि देश विदेश सबै हेरेका डा.तारानथहरू पनि थिए तर सरल थिए बोलाए पछि बोल्ने।शंकरलामिछाने र बाशु शशी अनि कृष्ण भक्त र मोहन रेग्मीहरू , विमल कोईराला र मिनबहादुर विस्टहरू थिए।

लेखनमा अतितकै पाटो र पखेरो हिडिँरहन मनपर्नुको कारण त अन्वेषण गर्न, पर्घेल्न सकेको छैन मैले तर पनि ती घर्षणहरू र दवावहरू अनि भविष्यले अाविष्कार गर्ने सुनौला कल्पनाहरू बडो अविस्मरणीय रहँदोरहेछ जीवनको उकाली अोरालीहरूमा। ती र त्यस्तै साँझ विहानहरू यो तुवाँलो ग्रस्त वर्तमानमा चिहाउन मन गरिरहन्छ रहर।सामुद्रिक छालहरू झैं संवेगका संवेदनशील रहरहरूको कहिले अकारणै मृत्यु भएका क्षणहरू, कहिलेकाँही अनायासै बम्पर थाम्न नसकेका डँडाल्ना र पिठ्युँको यादले सायद उन्मादित बन्छ होला मान्छेको जिजीवषा जीवनको यात्रामा भन्ने ठान्छु म। र त अनवरत मान्छे उत्खनन् गरिरहन्छ मनको पर्त पर्तमा पसेर, छिरेर र उधिनेर नयाँ विहान वा पुरानो साँझ। गहिरीँदै जान्छ अनुभुतीको खाडल र भेटिहाल्न पनि सक्छ खजाना ,नपाउनँ र नपाइकन पनि रमाउन सक्छ मानिसको जिजीविषा भन्ने मलाई लाग्छ।ठूलाठूला भैंचालाहरू र सुनामीहरू बेहोरेर अनि ६०डिग्री र त्यो भन्दा माथिको भावरमा पिसोल्टँदै पनि मान्छे संघर्षरत छ ।उसका भौतिक बासनाहरूको दास बन्न विवश छ कतै त कतै फगत् जीवन चलाउनको धौधौहरू मेट्न मात्र।यी र यस्ता क्षणहरूभित्र हामी रमाउन पर्ने बाध्यताको इतिहास पनि लामै छ।।हत्तेरिका म त हराँएछु भावनाको घना जंगलमा अँ त म संझदै थिएँ राधेश्याम लेकालीको प्रसंग उनी अनौठो प्रकृतिका मान्छे ,लाग्छ मलाई ।
उनको विषयमा कुरागर्दा पुन एकपटक म इलाम नै फर्कन्छु
२०३६सालमा सडक कविता अान्दोलन भनेर उनले जुद्ध बैद्यको संयोजनमा एउटा ट्रकमा बसेर इलाम चोकबजारमा कवि विष्णु नवीन लगायत केहीकविहरूलाई कविता पाठ गराँउदै उद्घघोषण गरेका थिए ।कलेजका केही बिद्यार्थी राजेन्द्र परदेशी, देवेन्द्र थुपतेन लगायत केहीले कविता पाठ गरेको मैले पनि हरी मोदीको पसलबाट सुनेको थिएँ कविताहरू।कविता कम र बढी नारा हुन्थिए त्यो बेलाका कविताहरू।पञ्चायत ढाल्ने बारूद गोलाहरू ,अस्त्रहरू ती।
।हामी सरकारी शिक्षक बिद्यार्थीहरूले परैबाट सुन्नु बाहेक सहभागी बन्न सक्दैन थियौं ।उनी भने अाँटिला मान्छे हुन् , भन्थे चोक बजारका मान्छेहरू। यद्यपि उनी विस्थापित हुनपुगेका थिए इलामबाट यश पछि बिराटनगर तिर।अनि नै त्यो साँझ ती कवि तथा कथाकार साकारलाई हिंडाई दिए रमझम साझँ भनेर पानी पोखरीको भित्तासम्म।
यश पछिका दिनहरूमा लेकालीले नै मलाई गोविन्द गिरी प्रेरणा लगायत धेरैसँग परिचय गराए।सुकिलो र राम्रो मान्छे दुर्गानथ शर्मा दाईसँग पनि उनैले चिनाएका थिए गोरखापत्र संस्थानको कारखानामा।
अब मलाई सजिलो परेको थियो गोरखापत्र संस्थानको कारखाना छिर्न पनि। दुर्गानाथ दाइका कारण।मधुपर्कका खरा सम्पादक नारायण बहादुुर सीँहलाई पनि भेट्न पाउँदा म निकै खुशी भएको थिएँ ।
लेख्ने क्रममा एकदिन डा साब तारानाथ शर्मा दाईले भन्नुभएको संझन्छु म ।”किन लेख्छौ दुख पाउन ।साहित्य तिरलागेर के पाइन्छ , मैले के ?पाँए।” मैले भने पाठकहरूको मायाँ सम्मान । वहाँ गंभीर मुद्रामा एकछिन घोत्लनु भयो।सायद वहाँ विदेश देश सबै गरेर पनि भौतिक रूपमा अाफुलाई अलिकति कमजोर महसुस गर्दै हुनुहुन्थ्यो। तर साहित्य ,भाषाका क्षेत्रमा वहाँ देवकोटा पछिकै शिखर होइन भनेर कमैले मात्र भन्लान् जस्तो म ठन्छु।

एकदिन त्यही नयाँ सडकमा डा.दयाराम श्रेष्ठले भन्नु भएको पनि संझन्छु।”एकताका डा.तारानाथ शर्मा यो ,त्यो कुनामा उभ्भिँदा अागोकोराप अाँउथ्यो र हामी अलि परै उभिन्थ्यौं”।
कर्मले ठूला बनेकाहरूसँग ,र विद्वानहरूसँग धकलाग्नु पनि स्वभाविक नै हो।डा.तारानथ दाइ पहिला फिक्कल बरबोटेको अनि इलामको त्यसपछि नेपालको र ऐलेका दिनमा अन्तरास्ट्रिय जगतको नै हुनुहुन्छ यो हाम्रा लागि गर्भको विषय हो ,इलामले जन्माएका धरहरा।
संस्मरण।रत्तेउली खेलिरहेछ ,बादल कहिले घाम पुर्छ, कहिले चट्याङ छर्छ र कहिले दर्कन्छ।एकनास उदासि भिजाँउछ मान्छेको सुन्दर कल्पनाको गलैँचा हिलै पारेर।भिज्नु र हिलिनुका क्रममा धेरै साँझहरू,गोधुलिमा खेल्छन् पनि र रून्छन् पनि।टाढाटाढाको रंगिन क्षितिजमा सपनाहरू विम्ब बनेर तैरन्छन् बादलको भर्याँगमा चमेरा जस्तै ।मानिस एकतमास हेरिरहन्छ, हेर्नुको विकल्पमा उ निहत्था , निशस्त्र र निरीह।
ऐले कोरोना खेलाइरहेछ बादल र मान्छे असक्षम सावित छ।
अाँखामा कुनै चम्किला तारहरू छैनन्,र छैनन् हातमा कुनै उत्साहजनक शीपहरू ।हृदयमा छैनन् कुनै कविता र छैन कुनै गित र संगित पनि ।यो बोन्डाईको बिचमा (किनारा)छैनन् ऐले यो मध्यान्हमा पनि पौडिबाजहरू।अाँखाहरू उप्काउन सकिरहेका छैनन् बादलका पत्रहरू। मन वर्तमानमा कुनै प्याजको छिल्का देख्दैन र घरिघरि विगततिर पस्छ सायद मानिसको चेतनाको पत्र खाम्ने खाम हो विगत।माछा कुरमा  लुकेजस्तै लुक्छ,नसके पछि मान्छेको लज्जा।ऐले यो क्षण म एकनास हेरिरहेको छु उड्दै र बस्दै गरेका सामुिद्रक छुच्चा चराहररू र परको बादल र परको शुन्यमा बिलिन हुँदै गइरहेको महासागर टाँसेर यी अाँखाहरूमा यहि बर्तमानलाई टेकेर म हेरीरहेछु त्यो नयां सडकको पिपलको बोट र मूर्धन्य श्रष्ठाहरु ।

सम्बन्धित शिर्षकहरु