अस्ट्रेलियामा लकडाउन खोल्न तीन चरणकाे योजना घोषणा,कुन चरणमा कस्तो नियम ?

अस्ट्रेलिया । कोरोना भाइरस(कोभिड-१९) संक्रमण रोक्न लागू गरिएको ‘लकडाउन’ खोल्न अस्ट्रेलियाले चरणबद्ध योजनाको घोषणा गरेको छ।

प्रधानमन्त्री स्कट मोरिसन र प्रमुख स्वास्थ्य अधिकारी बिरेन्डन मर्फीले जारी लकडाउन खोल्न तीन चरणका योजना घोषणा गरेका हुन्।

पहिलो चरण
पहिलो चरणमा परिवार र साथीभाइसँग भेटघाट गर्न सकिने छ। व्यवसाय, क्याम्पस र खेलकुद सुविधा पुनः खुल्न सुरु हुने छन्।

सार्वजनिक स्थानमा १० जनालाई भेला हुन दिइने छ। घरमा ५ जनासम्म पाहुनालाई आउन अनुमति दिइने छ भने बिहेमा १० जना जति पाहुनालाई निम्त्याउन पाइने छ । अन्त्येष्टि भित्रै भए १० जना र बाहिर भए ३० जनासम्मलाई जान अनुमति दिइने छ । धार्मिक भेलामा १० जना जतिलाई सहभागी हुन दिइने छ।

दोस्रो चरण
दोस्रो चरण पनि पहिलो चरणजस्तै हो । तर, धेरै जसो अवस्थामा पहिलो चरणको भन्दा दोब्बरलाई अनुमति दिइने छ।

रेष्टुरेन्ट, क्याफेमा २० जना जतिलाई अनुमति दिएर खोल्न सकिने छ । बिहे र धार्मिक भेलामा २० जना जम्मा हुन पाउने छन्। त्यस्तै अन्त्येष्टिमा भने ५० जना जति सहभागी हुन पाउने छन् ।

केही प्रतिबन्धसहित स्विमिङ पुल खुल्ने छन्। फिल्म हल, ग्यालरी, रंगशाला, चिडियाघरमा २० जनासम्मलाई प्रवेश गर्न दिइने छ । तर, पब, क्लब, क्यासिनो र रात्रि क्लब भने बन्द हुने छन्।

तेस्रो चरण
तेस्रो चरणमा पहिलो चरणमा भन्दा फरक देख्न पाइने छ । यो करिब-करिब सfमान्य अवस्था जस्तै हुने छ। सार्वजनिक स्थानमा एक सय वा त्योभन्दा बढीलाई भेला हुन दिइने छ।

सम्बन्धित शिर्षकहरु