राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो ।

अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

महाप्रसाद अधिकारी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालसँगै सिफारिसमा परेका थिए। तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात छ। अधिकारीको पहलमा वित्तीय क्षेत्रमा थुप्रै सुधारहरु भएका छन्।

सम्बन्धित शिर्षकहरु