प्रधानमन्त्रीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण,नयाँले काम गर्न थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। काठमाण्डौको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा। प्रेमराज ज्ञवालीले जानकारी दिए।

मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

सम्बन्धित शिर्षकहरु