स्थापनाको ६ महिनामै पहिलो महाधिवेशन सम्पन्न- मौलिक जरोकिलो पार्टी

१८ माघ २०७६ शनिवार

राजन भारद्वाज

नेपालको इतिहासमा सायद पहिलोपटक स्थापनाको ६ महिनामै महाधिवेशन सम्पन्न गरेर मौलिक जरोकिलो पार्टीले इतिहास रचेको छ | जरोकिलो महाअभियानको स्थापना दिवस वसन्तपंचमीको  तिथि पारेर उद्घाटन गरेको महाधिवेशन माघ १६,१७, र १८ दिनमा सम्पन्न भएको छ |

मौलिक जरोकिलो पार्टीको अर्को रोचक पक्ष भनेको ९५% नेतृत्व ४० वर्षमुनिका युवाको काँधमा रहेको छ |  महाधिवेशनबाट सुशील गौतम केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । गौतमको नेतृत्वमा ३९ जनाको केन्द्रीय समिति गठन भएको छ । महाधिवेशनले बलराम प्रजापति, बिना अधिकारी वाग्ले र प्रभा सुवेदी पोखरेललाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।

 

 

 

यसैगरी, महासचिवमा लिलाबहादुर बानियाँ, कोषाध्यक्ष कृष्णराम प्रजापति र उपमहासचिवमा रामध्यान राय, लक्ष्मण पोखरेल, मित्रलाल शर्मा निर्वाचित हुनु भएको छ । केन्द्रीय समितिमा अनिल चौधरी, हीराकुमारी लामिछाने, सृजना बर्तौला, रश्मी घिमिरे र अम्बिका के.सी. अर्याल रहनु भएको छ |

 


यता, केन्द्रीय समितिमै प्रतिनिधित्व गर्न नुमनाथ प्याकुरेल, समिना न्यौपाने मिश्र, दिलबहादुर क्षेत्री, धिरेन्द्र सोडारी, मिश्रादेवी कार्की, खुश्बुदेवी आर्या र अर्जुन शर्मा निर्वाचित हुनु भएको छ । केन्द्रीय समितिका अन्य सदस्यहरुमा नवलकिशोर गिरि, यमनाथ उपाध्याय, प्रवीण बस्नेत, रामेश्वर धिताल, केदारप्रसाद खकुराल, कमल न्यौपाने, सुरेश कुमार कामैत, उत्तम खत्री र समिर गौतम रहनु भएको छ । साथै, जोनसोन थापा, भुवन खत्री, शान्तबहादुर तामाङ, मुना देवकोटा, एनिका राई, सुनीता डाँगी, उत्तम गुरुङ, गंगा बिष्ट र नरदेवी सुनार पनि आगामी ३ वर्षका लागि मौलिक जरोकिलो पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनु भएको छ ।

 

 


यता, संघीय महाधिवेशन अघि सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश नं १ को अध्यक्षमा इन्द्र प्रसाद ओली, बागमति प्रदेशमा दिपेश न्यौपाने, गण्डकी प्रदेशमा हरी नेपाल, प्रदेश नं ५ मा रेशम प्रसाद बुढा र सुदूरपश्मि प्रदेशमा खिमानन्द जोशी अध्यक्षमा निर्वाचित हुनु भएको थियो । प्रदेश २ मा राजिव बछार र कर्णाली प्रदेशमा महेन्द्र मल्ल ठकुरी संयोजक रहनु भएको छ । मौलिक जरोकिलो पार्टीले संकल्पकर्ता उर्मिला खनाल अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा लक्ष्मी शर्मा पौडेल र रुक्मणीदेवी उपाध्याय सदस्य रहनु भएको छ ।

 

मौलिक जरोकिलो पार्टीको राज्यराष्ट्र अवधारणा र सिद्धान्त निशुल्क पढ्न यो लिंक भित्र जानुहोस |

http://raithaneshakti.org/download/Rajyarashtra_second_edition.pdf

सम्बन्धित शिर्षकहरु