अष्ट्रेलियामा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा एक महिलाको मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियाको क्विन्सल्याण्डमा सबैभन्दा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ ।

हार्वी बेस्थित बीच हाउस होटलमा ती महिलाले प्रतियोगिता जित्नका लागि एकपछि अर्को गर्दै थुप्रै केक मुखभित्र हालेको बताइन्छ ।

उनले यसो गर्दा उनलाई सास फेर्न समस्या भयो । त्यहाँ उपस्थित मानिसहरुले उनलाई बचाउने अनेकौं कोसिस गरेको र अस्पताल लैजादाँ पनि उनलाई बचाउन नसकिएको जानकारीमा उल्लेख छ ।

होटलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार महिलाले जब एकैपटक थुप्रै केक खाने कोसिस गरिन् तब उनको सास रोकिन थाल्यो ।

महिला भुइँमा लड्ने बित्तिकै मानिसहरुले सिपिआर ९छातीमा थिच्दै मुखबाट सास दिने प्रक्रिया० दिएर होसमा ल्याउने कोसिस गरे तर उनीहरु सफल हुन सकेनन् । त्यसपछि एम्बुलेन्समार्फत् महिलालाई अस्पताल पठाइयो ।

सम्बन्धित शिर्षकहरु