कोरोना भाइरसको संक्रमण युरोपमा पनि भेटियाे, चीनमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं  । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तीब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा पनि देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ । चीनमा भने यस भाइरसबाट मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ । चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

यस भाइरस फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुने । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।

बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ। नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशभित्रै थुनिएका छन्।

सम्बन्धित शिर्षकहरु