अग्नी सापकोटालाई सभामुख बनाएपछि राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं । हत्या अभियोगीलाई सभामुख बनाएको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो । तर उनी सापकोटालाई सभामुख बनाएपछि सरकारको नीतिप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् ।

लामो समयदेखि मानवअधिकारका क्षेत्रमा क्रियासिल प्याकुरेल स्वतन्त्र भएपछि बोल्न मिल्ने भएकोले राजीनामा दिएका हुन् ।

सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुँदै उनले राजीनामा दिएका हुन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।

सम्बन्धित शिर्षकहरु