धुवाँको मुस्लो शहर पसेसँगै अस्ट्रेलियाको विमान सेवा अवरुद्ध

अस्ट्रेलिया । अस्ट्रेलियामा डढेलोको धुवाँका कारण क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु प्रभावित भएका छन्।

महिनौंदेखि डढेलोका कारण निकै प्रभावित अस्ट्रेलियाका शहरी क्षेत्रमा धुवाँ घुमिरहेको छ। उक्त धुवाँले प्रशान्त महासागर पार गर्दै उत्तर अमेरिकी क्षेत्रसम्म पुगेको बताइएको छ।

डढेलो निकै विशाल भएको र अस्वभाविक रुपमा धेरै आगो लागेसँगै धुवाँ आकाशभन्दा धेरै माथि पुगेको छ। यसबाट विश्वभर प्रभाव पर्ने चेतावनी वैज्ञानिकहरुले दिइसकेका छन्।

अस्ट्रेलियाको पूर्वीय क्षेत्रबाट धुवाँ घुम्दै क्यानबेरातर्फ अघि बढिरहेको छ। धुवाँको मुस्लो विमानस्थलतर्फ अघि बढिरहेको कारण हाललाई सबै विमानहरु ग्राउन्डेड गरिएको छ।

प्रहरीले क्यानबेरा शहरका अधिकांश सडकहरु बन्द गरेको छ भने मानिसहरुलाई बिना कारण बाहिर ननिस्कन आग्रह गरेको छ।

आगलागी नियन्त्रण गर्नका लागि प्रयास गरिए पनि त्यो सम्भव हुन सकेको छैन। डढेलोका कारण हजारौँ हेक्टर जमिन नष्ट हुँदा दुई हजारभन्दा धेरै घरहरु धवस्त भएको छ। आगलागीका कारण लाखौँ जंगली जनावरहरुको मृत्यु भएको छ।

सम्बन्धित शिर्षकहरु