जरोकिलो महाअभियान वैकल्पिक (alternative) कि मूलधार (Mainstream) ? भिडियो सहित – डा. निर्मलमणि अधिकारी

  • राजन लोहनी दोहा, कतार

सबैभन्दा पहिला वैकल्पिक (alternative) भनेको के हो ?
वैकल्पिक (alternative) भनेको नेपाली शब्दकोश अनुसार यसरी लेखिएको छ |
नेपाली बृहत शब्दकोश अनुसार वैकल्पिक – पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को (उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि॰; विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी । २. सन्दिग्धग्द, सन्देहयुक्त ।
नेपाली शब्द सागर अनुसार वैकल्पिक – विकल्पमा पर्ने, ऐच्छिक, इच्छाधीन, सन्दिग्धग्द , शंकास्पद |

राष्ट्रिय नेपाली शब्दकोश अनुसार वैकल्पिक – विकल्प भएको यो नभए त्यो वा त्यसको सट्टामा यो, एउटाको सट्टामा दिएको अर्को, जुन आफ्नो इच्छा अनुसार छानेर लिन सकिने अर्थात् अप्सनल वा अल्टरनेटिभ भनेर लेखिएको छ |
वैकल्पिक शब्दको मूल शब्द हेर्दा विकल्प + इक प्रत्यय लागेर वैकल्पिक बनेको छ | अब हामी विकल्प शब्दको अर्थ जानौँ |
नेपाली बृहत शब्दकोश अनुसार विकल्प— [सं॰] १. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार । २. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम; अथवा । ३. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम । ४. अन्यौल; भ्रान्ति; भ्रम । ५. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति । ६. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालङ्कार । > विकल्पन— १. दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प । २. अनिश्चय; सन्देह । ३. नचाहिँदो खालको तर्कवितर्क । विकल्पित— वि॰ १. निश्चय नभएको; अनिश्चित; सन्दिग्ध । २. नियमको अनुसरण नगर्ने; अनियमित ।

नेपाली भाषाका ३ ओटा आधिकारीक शब्दकोश बाट हेर्दा वैकल्पिक वा विकल्प भन्ने शब्दको अर्थ कहिलेकाँही सकारात्मक रहेको लक्षण देखिएता पनि मूलतः त्यो नकारात्मक लक्षण अर्थ दिने देखिन्छ | यदि कसैले वैकल्पिक हुँ भन्छ भने अहिले चलिरहेको जुन छ म त्यो जस्तै हुँ, त्यस्तै हुँ , त्यसको स्थानमा म आए नि फरक पर्दैन त्यही भए नि फरक पर्दैन भन्ने त्यसको आसय देखिन्छ/ बुझिन्छ |
अब हामी (जरोकिलो) भन्ने गरेको कपूतन्त्र अर्थात् अहिले सत्तामा रहेका, सत्तावृत्तमा रहेका, प्रतिपक्षमा रहेका सँगसँगै आफुलाई नयाँ भन्ने कथित वैकल्पिक भन्नेहरु पनि यो कपूतन्त्रमा पर्छन भन्दा कतिपयले किन यीनीहरुको आलोचना गरेको होला ? यीनीहरु त ठाउँमा पुगेकै छैनन् भन्ने लागेको थियो होला तर के रहेछ भन्दा उनीहरुले नै आफ्नो परिभाषा दिदाँ कपूतन्त्रको विकल्प मात्रै हौँ हामी त माथीको परिभाषा सम्झौ त ? यो भए नि हुने त्यो भए नि हुने अझै गहिरिएर हेर्दा त निश्चय नभएको, सन्दिग्धग्द , शंकास्पद यस्ताहरुलाई वैकल्पिक भनिने रहेछ | अब नेपाली जनताले अहिले सत्तामा रहेका, प्रतिपक्षमा रहेका कम्युनिष्ट, कांग्रेस, राजपा , राप्रपा, अरु पहिचानवादी भन्नेहरु भन्दा यी वैकल्पिक भन्नेहरु फरक हुँ  भन्ने कुनै आधार छैन किनकी उनीहरुले आफ्नो नाम राख्दा नै वैकल्पिक भन्नाले अंग्रेजीको (alternative) को अर्थ हेर्यो भने पनि त्यसले केन्द्र आफुलाई मान्दैन जहिले पनि परिभाषा गर्न अरुलाई केन्द्र मान्छ |

अरुको ठाउँमा मैले पनि अलिकति भागबण्डा पाए हुन्थ्यो ? अहिले भएका व्यक्तिहरु मध्ये त्यो ठाउँमा त्यो कुर्चीमा म् पुगे भने अरु पद्धति/प्रणाली त त्यही हो त्यसैमा मैले परिवर्तन ल्याएको भन्ने अस्वाभाविक दावी गरेको हुँदोरहेछ | यसरी हेर्दा वैकल्पिक भनेको के रहेछ ? भन्दा एउटाको वैकल्पिक अर्को , अर्कोको वैकल्पिक अर्को अर्थात् वैकल्पिक हुन् एउटाले मात्रै नपुग्ने हुनाले जो अहिले सत्ता वृतमा हालीमुहाली गरिरहेका छन् तिनीहरु भएनन् भने अहिले वैकल्पिक भनिएकाहरुको अस्तित्व नरहने, अहिले वैकल्पिक भनिनेहरू लाई देखाउन नपाए अहिले हालीमुहाली गरेकाहरुले तुलना गर्न पात्र नहुने रहेछ त्यसले यीनीहरु एक सिक्काको २ पाटो भनेको जस्तो यो शब्दकोशले बताएको र व्यवहारमा हेर्यौं भने पनि वैकल्पिक भन्नेहरुले लिएको अर्थतन्त्र, शिक्षानीति, राजनीतिक पद्धति, शासन पद्धति आदिमा नयाँ विषय दिन नसकेको र उही विषयलाई एकोहोरो ढिपी अहिले भएका मान्छेको ठाउँमा म् , हामी, हाम्रो समुह आयौं भने जादुको छडीले जस्तो रातारात परिवर्तन गर्छु भनेको जस्तो आफैमा भ्रममा छन् त्यही भएर यहाँ सन्दिग्धग् सन्देहयुक्त भन्ने वैकल्पिक शब्दको अर्थ शब्दकोशमा राखेको रहेछ भन्ने बुझ्न सकियो / देखियो |

अझै हाँस्यास्पद के देखियो भने हामी त निर्विकल्प वैकल्पिक हौँ पनि थाले ! भने पछी वैकल्पिक शब्दले दिने अर्थ यो त्यो हुने भए पछी निर्विकल्प वैकल्पिक भनेपछि आफैमा हाँस्यास्पद देखिन्छ | यस्तै मिल्दै नमिल्ने कुरा गरिरहेका छन् यसबाट के प्रष्ट हुन्छ भने उनीहरु कति कमजोर, अपरिपक्व छन, कति रोमान्टिक कल्पनामा डुबेर हाम्फालेका छन् | वास्तविक रुपमा हामी नेपालीले बुझ्नु पर्ने के हो भने नेपालको अवस्था के हो ? अहिलेको अवस्था भनेको ऐजेरुले पटवृक्ष लाई घेरेर पटवृक्ष काटिएको जस्तो हो | यदि कोहि पटवृक्ष हो भने उसले टुक्रिएर पनि वैकल्पिक हुँ भन्दैन किनकि उ मूलधार (Mainstream) हो | कुनै पटवृक्ष नहुँदा वनमारा झारलाई नै रुख भनेको अवस्था हो | हामीले (जरोकिलो) गर्नु भन्दा पहिला कसैले अद्यावधिक दर्शनमा काम नगरेको, राजनीतिक सिद्धान्त अभिनिर्माण नगरेको, आर्थिक सिद्धान्त अभिनिर्माण नगरेको, समाज विकासको सिद्धान्त अभिनिर्माण नगरेको हुनाले हाम्रा पुराना शास्त्रहरू धेरै पहिला लेखिएको विषयहरु सबैको पहुँचमा रहेन भाषाको पनि समस्या/अन्तर पर्न गयो | कैयौं मानिसलाई भ्रम पर्न गयो त्यहाँ त पूजापाठका विषय छन् बेरबार गरेर पूजा गर्ने होला भन्ने भ्रम परेको बेला माक्सवाद आउँदा पनि ओहो ! भन्ने कसैले समाजवाद भन्दा आहा ! भन्ने कसैले सोसल डेमोक्रेसी (social democracy) भनेर प्रजातान्त्रिक समाजवाद त्यो ठिमाहा ल्याउदारुप लिएर आउदा पनि लौ के के नै त्याए भन्ने जस्तो लागेको अथवा उदारवाद भन्दा खेरि लौ ओहो के नै गर्यो भन्ने लागेको हो त्यस्तो किन भएको हो भन्दा वृक्ष नभएको मरुभूमिमा वनमाराको झार देखेर कसैले यो त वन हो जंगल हो भनेर अक्सिजन दिने , प्राणवायु दिने हो भनेर भनेको जस्तो अवस्था भएको हुनाले कम्युनिष्ट, काङ्ग्रेस अथवा हिजो पंचायत पनि हामीले बारम्बार भन्दै आएको कपूतन्त्रकै स्वरूप हो |

राणाकाल हेर्यो भने पनि मेकियावेली कपूतन्त्रकै एउटा स्वरूप हो | नेपालमा त राजनीतिक प्रणाली थाहा पाएर योजनाबद्ध रुपमा लागू गर्ने वेला देखि नै नेपाल कपूतन्त्रको बन्धनमा परेको छ | त्यसैलाई कसैले तारणहार जस्तो माने होला जस्तैः विपी कोइराला, गिरीजा प्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ , मनमोहन अधिकारी , मदन भण्डारी नेपालका लागि असान्दर्भिक पात्रहरु लाई ठुलै महामानव, जननेता, तारणहार भन्ने भाङ्ग्राको टोपीमा गुएँलाको फूल भने जस्तो ती सबै नेपालको लागि वैकल्पिक हुन् | अहिले नेपालमा चलेका सबै वैकल्पिक हुन् शब्दकोशले नै बताएको छ | उनीहरी शंकास्पद, सन्देहयुक्त छन् | नेपालको लागि केही नपाएको बेलामा नेपाली उखान छ “पाए अन्त नपाए … जन्त भने जस्तो” अरु कोहि नहुँदा काङ्ग्रेस, कम्युनिष्ट देखि लिएर अहिले वैकल्पिक भन्नेहरु सम्म लागे होलान् तर सारमा भन्नु पर्दा यीनीहरुले नेपालाई पूर्ण रुपमा प्रतिनिधित्व गर्दैनन् | उनीहरु नेपालको जुन मूलधार हो, सभ्यता हो, संस्कृति जुन हो, नेपालको आर्थिक प्रणाली, सामाजिक प्रणाली जुन हो, धर्म, संस्कृति, सभ्यता, योग कुनैलाई पनि प्रतिनिधित्व गर्दा रहेनछन | उनीहरु भन्न पर्यो ओहो अहिले सम्म हामीले वैकल्पिक भन्ने शब्द नै पढेका रहेनछौं , हामीलाई थाहा रहेनछ भनेर माफी मागेर सच्याएर आउँन पर्यो होइन वैकल्पिक नै हो भनेर जिद्धि गरिरहने हो भने वैकल्पिक भन्ने शब्दले नै बतायो उनीहरु नेपाललाई प्रतिनिधित्व गर्न, नेपालको शासन प्रशासन समाल्न र नेपालीको जनताको सबैभन्दा ठुलो र योग्य प्रतिनिधि बन्न तयारी गर्नु भएको छैन |

नेपालमा वैकल्पिक भन्नेहरु असलमा संसारमा असफल, असान्दर्भिक, गतार्थ भएका कपूतन्त्रलाई अझ फेरी पनि मौका दिनु पर्छ भनेर पैरवी गरेको देखियो | नेपालको शासन प्रशासन सत्ता चलाउछु वैकल्पिक भन्ने तर मानसिक रुपमा तयार भएको देखिदैन किनकि वैकल्पिक शब्दको अर्थबाट स्पष्ट हुन्छ | झालेमाले कुरा गर्ने २-४ लाख भोट ल्याउने २-४ सिट ल्याउने यही कपूतन्त्रे र लुटतन्त्रमा सहभागी हुने मनसाय देखिन्छ यदि वैकल्पिक हुँ भनिरहने हो भने | यदि साच्चिकै नजानेर वैकल्पि भनेको भए आफ्ना सदस्य र कार्यकता सँग क्षमा माग्नु पर्छ | वैकल्पिक शक्ति भन्नेहरुले जरोकिलोलाई पनि वैकल्पिक शक्तिको रुपमा लिएर भ्रम नछर्नु हामी वैकल्पिक होइनौं  हामी मूलधारका हौँ |

हामी कसरी मूलधारका हौँ ?

हामीले अभिनिर्माण गरेको दर्शन सहृदयता दर्शन कहाँबाट शुरु हुन्छ ? ऋगवेद को समान हृदय भन्ने अवधारणाबाट शुरु हुन्छ, अथर्ववेद मा आएपछि सहृदय भन्ने ऋचा पनि त्यहाँ छ थप जानाकारीको लागि हाम्रो पुस्तक सहृदयता दर्शनको प्राक्कथन भन्ने पुस्तक पढ्नु भयो भने त्यहाँ बौद्ध, बोन, महागुरु फाल्गुनन्द किराँत, जैनको ऋषभदेव देखि महावीर, सिख गुरुहरु सम्मको मत लिएर वैदिक काल देखि शुरु भएर बौद्ध, बोन, जैन, किराँत र सिख लगाएतका जो नेपाल र नेपालभन्दा थोरै बाहिर परे पनि जुन यो ठुलो सांस्कृति भूखण्ड छ त्यसको दर्शनलाई बोक्नेहरु सबैको समष्टिबाट अभिनिर्माण भएको प्राचीनामा प्राचीनतम नवीनामा नवीनतम सहृदयता दर्शन जुन हामीले बोकेका छौँ  | जुन नेपालको सभ्यता, दर्शन, संस्कृति, जनजीवनमा छ त्यो मूलधार नभए अरु को त ? त्यसैले पहिलो प्रमाण हामी मूलधार हौँ भन्ने के हो भने नेपालको जुन मौलिक रैथाने सभ्यताहरू जुन हुन् वैदिक देखि लिएर बौद्ध, किराँती, बोन, जैन सबैको दर्शन, विश्वदृष्टिकोण हामीले अबलम्बन गरेको हुनाले हामी मुलधारमा छौँ  र हामीनै मूलधारका उत्तराधिकारी हौँ |

अर्को हाम्रो दार्शनिक सिद्धान्त राज्यराष्ट्र कहाँबाट शुरुहुन्छ भन्दा वैदिक कालदेखि ऋगवेद, अथर्ववेद त्यसको पनि ऐतरेय ब्राह्मण बाट वृस्थित चर्चा गरेर त्यसमा बौद्ध, किराँत, बोन, जैन पद्धतिका ग्रन्थहरु बाट पनि हामीले विचार लिएका छौं साथै नेपाल र विश्वकै इतिहासबाट खासगरी नेपालमा इतिहासमा प्रमाणित भैसकेको सबैलाई समेटेर बनाएको राज्यराष्ट्र सिद्धान्त भएको हुनाले हामी मूलधार स्वत: हुने भयौं | नेपालमा चलेका सबैले अन्त बनेको चलेको लाई फोटोकपी बोकेर ल्याएर भन्निछ नि अक्कल विनाको नक्कल गरेको हुनाले उनीहरु वैकल्पिक हुन् हामी मूलधार हौँ | अझै हेरौ स्थितिगत्यात्मक प्रगतिवाद बौद्ध, महावीर, वैदिक ऋषिहरुको दर्शनमा  भएको विषयलाई हामीले नयाँ सन्दर्भमा हामीले अभिनिर्माण गरेको उत्तापट्टी हेरौँ द्वन्दात्मक भौतिकवाद तीनिहरु वैकल्पिक हुन् | हाम्रो लागि त्यसैले हामी मूलधारका हौँ किनभने त्यो त हाम्रोमा हजारौं, लाखौं वर्ष देखि चलिरहेको विषय, व्यवहार, अभ्यास र पद्धतिलाई सिद्धान्तको रुपमा अभिनिर्माण गरेर अबलम्बन गरेर हेरेको हुनाले स्वाभाविक रुपमा हामी यहाँको मूलधारलाई प्रतिनिधित्व गर्छौं त्यही अनुसार बोलि र गरी रहेका छौँ |

हाम्रो आधारशीलाहरु ( विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध ) नेपालको पुनर्जागरणको अर्थ र आधार पुस्तक पढ्नुभयो भने हामीले उक्क्त पुस्तकमा व्याख्या गरेका छौँ | नेपाल प्राचीन कालमा यो भूमि पूर्वमा कामरुकामक्ष – (आजको आसाम देखि पश्चिममा काश्मीर सम्म) उत्तरमा मानसरोवर देखि दक्षिणमा इरान सम्म एकै देशको रुपमा रहेको नेपालको त्यति प्राचीन इतिहासबाट वर्तमान नेपाल हेर्दा पनि आधुनिक नेपाल पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा आदि हुँदै हुँदै योगी नरहरीनाथ सबैले गरेको कामलाई मोही पारेर मूल तत्वको रुपमा जसरी सारा उपनिषद्बाट गीता दोहेर निकालिएको भने जसरी नेपालको इतिहासमा हामीले नाम यहाँ लिएका सबै महान व्यक्तिहरु कितावमा लेखिएका सबै व्यक्तिहरुको मत विचार र कार्यको सार निकालेर नेपालको पुनर्जागरण यस्तो हो भन्यौ त्यसले गर्दा यी सबैको उत्तराधिकारी र मूलधार हामी हौँ | यहाँ अरु पनि फरक फरक विछार लिएर हिडेका छन् ती सबै वैकल्पिक हुन् | थाहा पाएर/नपाएर  वा जानी जानी कपूतन्त्रको पछाडी लाग्ने व्यक्ति प्रति मानवको रुपमा कसैलाई नकारात्मक रुपमा हेर्दैनौ किनकी केही पनि नदेखेको बेला पटवृक्षमा पलाएको एजेरु र वनमारा झार लाई आहा ! यही नै रुख भनेको जस्तो भ्रम भयो होला अब त्यो भ्रमको अवस्था छैन | अब साच्चिकै नेपालको मूलधार हो त्यो भनेको जरोकिलो महाअभियान अगाडी आएको अवस्थामा हामीले सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशीला चतुष्टय त्यो सारा विषयको अनुसन्धान गरेर जुन प्रारूप अगाडि आई सकेको हुनाले नेपालको मूलधार अब स्पष्ट भएको छ | अब जरोकिलोले यो कुरा सर्वसाधारणलाई बुझाउन कति समय लाग्छ र अहिले भ्रमहरु धेरै फैलिएको हुनाले कपूतन्त्रेहरुले फैलाएको अन्धकारलाई हामीले फैलाउन खोजेको उज्यालोको प्रकाशले चिर्न कति समय लाग्छ त्यो आफ्नो ठाउँमा छ तपाई हामी सचेत युवाको भूमिकामा निर्भर रहन्छ | सबैले चिनौँ अबको निर्विकल्प मूलधार नेपालमा भनेको जरोकिलो महाअभियान हो | थप जानाकारीको लागि डा. निर्मलमणि अधिकारीको भिडियो अवश्य हेर्नुहोला | धन्यवाद |

{ डा. निर्मलमणि अधिकारी हाल काठमाडौं विश्वविद्यालयमा सह-प्राध्यापकको रुपमा कार्य गरी रहनु भएको छ | उहाँले हालसम्म लेखेका ४५ औँ पुस्तकहरु प्रकाशनमा आएको छ भने अन्तर्राष्ट्रिय रुपमा ७० भन्दा बढी लेख प्रकाशन भएको छ | उहाँ विदेशका विभिन्न देशहरुमा पाहुना प्राध्यापक हुनुहुन्छ | उहाँको संचार सिद्धान्त आज संसारका २० भन्दा बढी भाषामा अनुवाद भएर विश्वविद्यालय तहमा पढाई भै रहेको छ | उहाँको पालन पोषण, अध्ययन, खोज, अनुसन्धान सबै नेपालमै भएको र गर्नु भएको हो | नेपालमा बसेर पनि संसारलाई मार्ग दर्शन गराउन सकिन्छ र प्राचीनकालमा जस्तैः पुन:  नेपाललाई संसारको केन्द्र बनाउन सकिन्छ भनेर उहाँले जरोकिलोको आव्हान, संकल्प र स्थापना गरेर आफ्नो जीवन राष्ट्र निर्माणमा समर्पण गर्नु भएको छ | उहाँको ४५ औँ पुस्तक संचार सिद्धान्तीकरण हो |}

सम्बन्धित शिर्षकहरु